IME Life
Beema Board

रिलायन्स लाइफको “लिमिटेड इन्डोमेन्ट” बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले “लिमिटेड इन्डेमेन्ट” बीमा योजना सार्वजनिक गरेको छ ।यस बीमा योजना अन्तर्गत बीमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउने छन् । साथै यस योजनाको बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशत सम्म र आर्जित बोनस भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

यस योजनामा बीमीतले बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस (Simple Revisionary + Terminal, if any)  भुक्तानी गरिने कम्पनीले जनाएको छ । यस योजनामा १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुने जनाएको छ ।

Prabhu
Crest

यस योजनामा बीमा अवधि न्युनतम १० बर्ष र अधिकतम २५ बर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ।
यस योजनासँगै बीमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा,स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS