IME Life
Beema Board

लागू औषध प्रयोगकर्ताको निसानामा बैंकका एटिएम, रंगेहात पक्राउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दशैंको समयमा मानिसको चहल पहल कम भएको मौका छोपेर लागू औषध प्रयोगकर्ताहरुले बैंकका एटिएमलाई निशाना बनाउन थालेका छन् । तनहुँको व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरी रकम चोरी गर्दै गरेको अवस्थामा एक जना लागू औषध प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाँलाई प्रहरीले नियन्त्रित लागू औषध १ सय ३५ ट्याब्लेट नाईट्राभेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लागू औषध प्रयोगकर्ताहरु लुटपाट, चोरी तथा डकैती नियन्त्रणमा चुनौतिपूर्ण बन्द आएको छ लागू औषधका लागि लुट्ने, चोरी गर्ने, डकैती गर्ने, हत्या सम्म गर्ने गरेका उनीहरुले अब एटिएम मेशिनतर्फ पनि ध्यान दिन थालेको तनहुँको घटनाबाट देखिएको छ ।

Prabhu
Crest

तनहुँस्थित एटिएम मेशिनबाट रकमम निकाल्ने पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले ति व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । ग ११ प ९९६५ नम्बरको मोटरसाइकलमा आएका उनले केहीबेरमै एटिएमबाट रकम लुटेर भाग्ने योजनासाथ काम गरिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गर्न सफल भएकोले घटनामा ठूलो क्षति हुन नपाएको तनहुँ प्रहरीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS