IME Life
Beema Board

कोरोना बीमाको दावी दुई अर्ब नजिक, ११ करोड भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना बीमा पोलिसीमाथि करिब दुई अर्बको बीमा दावी परेको छ । राष्ट्रिय बीमा कम्पनीमा एक अर्ब र बाँकी कम्पनीमा थप एक अर्बको बीमा दावी परेको हो । सबै कम्पनीहरुले सामूहिक रुपमा जोखिम र बीमा शुल्क बाँडफाँड गर्ने गरी बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमाको दावी दुई अर्ब पुग्नै लागेको हो ।

बीमा पुलमार्फत प्राप्त तथ्याङ्कमा ९५ करोड रुपैयाँ कागजी प्रक्रिया पूरा गरेर दावी परेको छ । तर, इन्स्योरेन्स खवरलाई प्राप्त अनौपचारिक तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीमा मात्रै एक अर्ब पाँच करोड भन्दा बढिको दावी परेको छ । सो मध्ये कागजात पुगेका दावीलाई बीमा पुलमा पठाइएको र कागजात नपुगेका बीमा दावीको विवरण संकलन गर्ने काम भइरहेको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ । कम्पनी स्रोतका अनुसार बीमा गरिएका मध्ये झण्डै पाँच हजार सुरक्षाकर्मीको कोरोना बीमा दावी परेको छ । त्यस्तै नेपाली सेना तथा सरकारी कर्मचारी समेत गरी ११ हजार जनाको बीमा दावी परेको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कोरोना बीमाको पोलिसी सबैभन्दा बढि राष्ट्रिय बीमा कम्पनीले बिक्री गरेको छ । कम्पनीका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारी, स्वास्थ्यकर्मी गरी चार लाख भन्दा बढिको बीमा गरिएको मध्ये ११ हजार जनाको दावी परेको हो ।

त्यस्तै, अर्को शिखर इन्स्योरेन्सले दुई लाख भन्दा बढिको कोरोना बीमा गरेको छ । शिखर इन्स्योरेन्समा बीमा गरेको मध्ये एक हजार तीन सयभन्दा बढीको बीमा दावी परेको छ । कोरोना बीमाको दावी भुक्तानी कम्पनी अनुसार फरक फरक भएपनि सामूहिक रुपमा जोखिम बहन हुने हुँदा सबै कम्पनीमाथि आर्थिक भार पर्नेछ ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार कोरोना बीमाको दावी भुक्तानी ११ करोड नाघेको छ । हालसम्म एक हजार २०६ जनाले ११ करोड ४४ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी लिइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS