IME Life
Beema Board

बीमा कम्पनीहरुको शाखा तीन हजार नजिक, कर्मचारी १० हजार नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाल नेपालमा रहेका ३९ वटा बीमा कम्पनीहरुको २ हजार ७ सय ९२ वटा शाखा कार्यालयहरु संचालनमा रहेका छन् ।बीमा समितिले उपल्बध गराएको साउन मसान्तसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय १ हजार ८ सय ८० वटा संचालनमा रहेका छन् भने निर्जिवन बीमा कम्पनीहरुको कुल शाखा कार्यालयको सङख्या ९ सय १२ संचालनमा रहेका छन् । बीमा कम्पनीहरुले यी विभिन्न शाखा कार्यालय मार्फत बीमा सुविधा प्रदान गर्दै आईरहेका छन् ।

त्यस्तै, ३९ वटै बीमा कम्पनीहरुमा १० हजार ४१ जना कर्मचारीहरु आवद्ध छन् । जसमध्ये जीवन बीमा कम्पनीहरुमा ५ हजार ३ सय २४ जना कर्मचारीहरु आवद्ध छन् भने निर्जिवन बीमा कमपनीहरुमा ४ हजार ७ सय १७ जना कर्मचारीहरु आवद्ध छन् ।

Prabhu
Crest

बीमा समितिले प्रकाशन गरेको तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीको शाखा कार्यालय र कर्मचारीको सङख्या समावेश गरिएको छैन । समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै शाखा कार्यालय रहेको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । साउन मसान्तसम्मको तथ्याङ्क अनुसार नेपाल लाइफको कुल शाखा कार्यालय सङख्या १ सय ९३ रहेका छन् भने कुल कर्मचारीको सङख्या ६ सय ९ रहेका छन् ।

दोस्रोमा युनियन लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीको कुल शाखा १ सय ७८ वटा रहेका छन् भने कर्मचारीको सङख्या ३ सय ९० रहेका छन् । एशियन लाइफको १ सय ४० वटा शाखा कार्यालय छन् भने कम्पनीमा ४ सय १८ जना कर्मचारीहरु आवद्ध छन् ।

निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै शाखा कार्यालय रहेको कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीको कुल शाखा कार्यालय सङख्या ९५ रहेको छ भने कम्पनीमा ५ सय ९४ जना कर्मचारीहरु आवद्ध छन् ।

एनएलजी इन्स्योरेन्सको ८१ वटा शाखा कार्यालय रहेको छ भने कम्पनीमा ३ सय ८४ जना कर्मचारीहरु आवद्ध छन् । सिद्धार्थ इन्स्योरेन्सको ७९ वटा शाखा कार्यालय रहेको छ भने कम्पनीमा ३ सय १५ जना कर्मचारीहरु आवद्ध छन् ।त्यस्तै, सगरमाथा इन्स्योरेन्को ७६ वटा शाखा कार्यालय रहेका छन् भने ३ सय ७६ कर्मचारी कम्पनीमा आवद्ध छन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS