IME Life
Beema Board

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उठ्यो बीमाको एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अमेरिकामा निर्वाचन नजिकिँदै छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जोई बिडेन चुनावी मैदानमा छन् । आगामी नोभेम्वर ३ मा सकिने राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई उम्मेदवारका बीचमा पहिलो टेलिभिजन बहस कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारीका बीचमा हुन लागेको संयुक्त राज्य अमेरिकाको निर्वाचन अघिको बहसमा स्वास्थ्य बीमाको विषयले प्रवेश पाएको छ ।

यही नोभेम्वरमा हुने राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीको तर्फबाट जोई बाईडेन उम्मेदवार छन् । गत सेप्टेम्वर २७ मा फक्स न्यूजका टेलिभिजन पत्रकार क्रिस वालेसले उक्त बहसको मध्यस्थता गरेका थिए । सो बहसमा स्वास्थ्य बीमामा केहीबेर केन्द्रीत भएको थियो । सरकारी स्वास्थ्य बीमालाई डोनाल्ड ट्रम्पले प्रभावित पार्न खोजेको आरोप विपक्षी उम्मेवार जोई बाईडेनले लगाएका छन् भने राष्ट्रपति ट्रम्पले अर्का राष्ट्रपति उम्मेदवारमाथि समाजवादी बीमा व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका छन् ।

Prabhu
Crest

दुई राष्ट्रपतिका बीचमा भएको घम्साघम्सी बहसमा सर्वोच्च अदालतमा न्यायाधिश नियुक्त गर्ने विषयसँग जोडिएर प्रवेश गरेको हो । राष्ट्रपतिका उम्मेदवार जो बाईडेनले सर्वोच्च अदालतमा न्यायाधिश नियुक्त गरिएका एमी कोनी ब्यारेटलार्य नियुक्ती गर्न गलत भएको भन्ने विषयसँग जोडिर आएको हो । न्यायाधिशमा मनोनयन गरिएका ब्यारेटले ओबामा केयर (एफोर्डेबल केयर एक्ट) को विरोध गर्दै आएको उल्लेख गरेका छन् । नयाँ नियुक्त भएका न्यायाधिशले ओबामा केयरको नामले चिनिने एफोर्डेबल एक्ट खारेज गर्न सक्ने र त्यसले दुई करोडभन्दा बढि अमेरिकी नागरिकले बीमा सुविधा नपाउने भन्दै ट्रम्पको विरोध गरेका छन् । विगतमा एफोर्डेबल एक्टको विरुद्धमा अभियान चलाएर लडिरहेको व्यक्तिलाई न्यायाधिश बनाउँदा जनताले सही न्याय नपाउने दावी गरेका छन् । टेलिभिजन बहसमा राष्ट्रपतिका उम्मेदवार बाईडेनले भने, ‘न्यायाधीशको कुरा गर्दा म उनको विरोधी होइन, उनी असल मानिस लाग्छन्, तर उनले एफोर्डेबल एक्ट संवैधानिन नभएको लेख्दै आएकी छिन् । यो विधेयक खारेज भयो भने दुई करोड मानिस स्वास्थ्य बीमाबाट बिमुख हुनेछन् ।’

ओबामा केयर खारेज भएमा महिलाले गर्भवती भएकै कारण बढि रकम बीमा बापत भुक्तानी गर्नुपर्ने दावी गरेका छन् । साथै उनले राष्ट्रपतिका उम्मेदवार बाईडेनले यसअघि स्वास्थ्य उपचार गरेका करिब १० करोड अमेरिकी जनताको बीमा सम्बन्धी अधिकार कटौति हुने भन्दै वर्तमान राष्ट्रपति ट्रम्पको विरोध गरेका छन् ।

डोनाल्ड ट्रम्पले भने निजि स्वास्थ्य बीमा व्यवस्था अंगालेका १८ करोड अमेरिकी जनताको पक्षमा आफूले काम गरेको दावी गरेका छन् । जो बाईडेनमाथि आरोप लगाउँदै ट्रम्पले भने, ‘मुख्य समस्या के हो भने तपाई निजि स्वास्थ्य बीमा व्यवस्थामा खुशी रहेका १८ करोड मानिसलाई समस्यामा पार्न खोज्दै हुनुहुन्छ ।’ राष्ट्रपति ट्रम्पले बाइडेनमाथि समाजवादी अर्थव्यवस्थाको वकालत गरेको आरोप समेत लगाएका छन् । पूर्व उपराष्ट्रपति बाईडेन र वर्तमान राष्ट्रपति ट्रम्पबीच झण्डै १० मिनेट बीमा विषयमा केन्द्रीय रहेर बहस तथा आरोप प्रत्योप चलेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियान प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा भाग लिने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनाको संक्रमण पुष्टि भएपछि अभियानहरु छोडेर अस्पताल भर्ना भएका छन् । राष्ट्रपति ट्रम्पले एक भिडियो सन्देशमार्फत आगामी केहीदिनभित्रैमा आफू निको हुने जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS