IME Life
Beema Board

बीमा समितिद्वारा सुशासन निर्देशिका मिचेर शिखर इन्स्योरेन्समा पाण्डेलाई नियुक्ती गर्न अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले आफैले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को मूल भाव विपरित हुने गरी शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपप्रकाश पाण्डेले निरन्तरता दिने निर्णय गरेको छ । बीमा समितिबाट २०६९ सालमा जारी गरिएको संस्थागत सुशासन निर्देशिका पटक पटक संशोधन गर्दै अन्तिम पटक २०७५ मा जारी गरेको थियो । पछिल्लो पटक जारी संस्थागत सुशासनको फरक व्याख्या गरी शिखर इन्स्योरेन्सको सिईओमा पाण्डेलाई पुनः नियुक्तीका लागि आज अनुमति दिएको हो । यसअघि २०७३ फागुन २७ गते पाण्डेलाई अन्तिम पटकका लागि भनेर नियुक्ती दिएको थियो ।

बीमा समितिले आज शिखर इन्स्योरेन्सको सिईओ नियुक्ती सम्बन्धी फाईल स्वीकृत गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । बीमा समितिले अनुमति दिएसँगै अब शिखर इन्स्योरेन्सको सञ्चालक समितिले पाण्डेलाई सिईओ नियुक्ती गर्ने बाटो खुलेको छ । उनको चार वर्षे कार्यकाल आगामी कार्तिक ११ गतेदेखि सुरु हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS