IME Life
Beema Board

जनरल इन्स्योरेन्सको आईपिओमा पहिलो दिनमा ३२ लाख कित्ताको लागि आवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आजबाट आवेदन खुल्ला गरेको ३० लाख कित्ता आईपिओको लागि आज पहिलो दिनमा नै ३२ लाख कित्ता बिक्री भएको छ । पहिलो दिन आज दिनभरि मेरो शेयरको सर्भर अबरुद्ध भएपनि एक लाख भन्दा बढिले कूल ३२ लाख कित्ताको लागि आवेदन भरेको जनरल इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

कम्पनीले आजदेखि कूल ३० लाख कित्ता आईपिओ जारी गरेकोमा कर्मचारीलाई एक लाख २० हजार कित्ता र म्यूचुअल फण्ड फण्डमा एक लाख ५० हजार कित्ता आरक्षण गरिएको बाहेक २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । आवेदन भन्दा बढि भएमा गोलालप्रथाबाट शेयर विक्री हुनेछ ।

Prabhu
Crest

जनरल इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको अनुसार आज अपरान्हदेखि मेरो शेयरको सर्भर खुल्ला भएको र आवदेन दिनक्रम जारी रहेको छ । कूल छ लाख भन्दा बढिले आवेदन दिने अनुमान गरिएको छ । जनरल इन्स्योरेन्सको आईपिओ कूल दुई लाख ७३ हजार ३०० जना आवेदकले मात्रै प्रति आवेदक १० कित्ताको दरले शेयर पाउने छन् । करिब तीन लाख ५० हजार भन्दा बढिको हात रित्तो हुने अनुमान गरिएको छ ।

मेरो शेयरको एप्लिेकशनबाट २४ सै घण्टा शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपिओ यही असोज १४ गते बैंकिङ समय (अपरान्ह ५ बजे) पछि बन्द हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS