SKIP THIS

GBIME
IME Life
Beema Board

निवर्तमान अर्थमन्त्री खतिवडाको दक्षता अर्थतन्त्र झल्कियो, मुल्यबृद्धि ३.४९% मा सीमित, आयात १९% ले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । केही मानिसहरुले प्रधानमन्त्री कार्यालयका प्रमुख आर्थिक सल्लाहकार तथा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई असफल पुँजि बजार नियन्त्रण गर्न खोजेको आरोप लगाउन छोडेका छैनन् । कसैले डिफ्याक्टो अर्थमन्त्री तथा कसैले घोष्ट अर्थमन्त्रीका रुपमा समेत चर्चा गरेका छन् । तर, डा. खतिवडाले अर्थमन्त्रालय सम्हालेको समयमा देशको आर्थिक अवस्थामा नाटकीय सुधार भएको राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक प्रतिवेदनले औल्याएको छ ।

कोरोना महामारीका बीचमा विश्वभरको अर्थतन्त्र चौपट हुँदा पनि नेपाल देशको समग्र आर्थिक अवस्थामा भने व्यापार सुधार आएको देखिएको छ । नेपालको अर्थव्यवस्थामा सबैभन्दा डरलाग्दो कुरा आयात थियो । चालु आवको पहिलो महिनामा देशको आयातमा १९.६ प्रतिशतले ह्रास आएको छ । यसले देशको व्यापार घाटामा उल्लेख्य सुधार गर्न योगदान दिएको छ । त्यस्तै नेपालबाट हुने निर्यात बृद्धि ८.९ प्रतिशतले बृद्धि भएको छ । निर्यात र आयातको सन्तुलन नमिल्दा बार्षिक ठूलो मात्रामा व्यापार घाटा हुँदै आएकोमा विगत एक वर्षदेखि आयात घटिरहेको छ भने निर्यात सामान्य बृद्धि हुने क्रममा छ ।

Prabhu
Crest

कोरोना महामारीका बीचमा भारतमा २३ प्रतिशतभन्दा बढि अर्थतन्त्रमा गिरावट आएको सन्दर्भमा नेपालमा भएको यो सुधारलाई चमत्कारिक सुधारको रुपमा आर्थिक विश्लेषकहरुले औल्याएका छन् । साथै रेमिट्यान्स २३ प्रतिशतले बृद्धि भएको छ भने भुक्तानी सन्तुलन ५१ अर्ब धनात्मक हुन पुगेको छ । त्यस्तै विदेशी मुद्रा संचिती १४ खर्ब भन्दा माथि पुग्नुलेको देशको आर्थिक अवस्था अन्त्यै सबल र बलियो अवस्थामा पुगेको देखिएको छ ।

राष्ट्रियसभामा दुई वर्षे कार्यकाल सकिएपछि पुनः अर्थमन्त्री मन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडा गत भदौं २० गतेबाट संवैधानिक व्यवस्था अनुसार पदमुक्त भएका हुन् । साउन महिनामा खतिवडा आफै अर्थमन्त्री थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. खतिवडाको क्षमताकै कारण मन्त्री सरह सुविधा सहित प्रधानमन्त्री कार्यालयमा आर्थिक सल्लाहकार रुपमा नियुक्त गरेका छन् ।

समीक्षा अवधीमा आयात १९.६ प्रतिशतले घटेको छ । भारतबाट हुने आयात सबैभन्दा बढि घटेको हो । भारतबाट हुने आयात १६ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात ३९ प्रतिशत घटेको छ । त्यस्तै अन्य देशबाट हुने आयात १० प्रतिशतले घटेको छ । पहिलो महिनामा व्यापार घाटा २२ प्रतिशतले साँघुरिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु निर्यात ८ दशमलव ९ प्रतिशतले वृद्धि भई ९ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४ दशमलव ४ प्रतिशत र २५ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तर्फ ७१ दशमलव ७ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पश्मिना,ऊनी गलैंचा, आयुर्वेदिक औषधी, जडिबुटी, जुटकासामान लगायतका वस्तुको निर्यात बढेको छ भने पामतेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो,जस्ता पाता लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनामा कुल वस्तु आयात १९ दशमलव ६ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११ दशमलव ५ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव ८ प्रतिशत, ३९ दशमलव ७ प्रतिशत र १० दशमलव ५ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कोइला, खाने तेललगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एमएस बिलेट, हटरोल सीट लगायतका वस्तुको आयात घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS