IME Life
Beema Board

नेपाल फाइनान्सको आठ वर्षको साधारण सभा भोलि, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्स कम्पनीले आठ वर्षको (बिसौं, एक्काइसौं, बाइसौं, तेइसौं, चौबिसौं, पच्चिसौं, छब्बिसौं र सत्ताइसौ) वार्षिक साधारण सभा भोलि असोज १० गते हुने भएको छ । यसअघि कम्पनीले भदौं ११ गते गर्ने भएको उक्त सभा कोरोना भाइरस संक्रमण रोकथामको लागि निषेधज्ञा जारी भएकाले रोकिएको थियो ।

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले साधारणसभा संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ। साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका साउन २६ गते बन्द रहनेछ । साउन २५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Prabhu
Crest

साधारण सभाको प्रस्तावमा २०७४ फागुन २९ गतेको विशेष साधारण सभाबाट पारित हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कायम चुक्तापूँजीको १ बराबर १ दशमलव ७५ ९१ः१।७५०को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।

साथै, यस फाइनन्सले अन्य कुनै बैंक तथा वित्तीय सस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।

आव ०६८/६९, ०६९/७०, ०७०/७१, ०७१/७२, ०७२/७३, ०७३/७४, ०७४/७५ र ०७५/७६ का वासालत, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतको विस्तृत विवरणको छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।

आव २०७६र७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । साथै सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने रिक्त रहेको पदमा बाँकी कार्यकालको लागि गरिएको सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS