IME Life

नेप्सेको सर्भरमा हेराफेरी गर्नेमाथि एक्सन लिने तयारी, सिष्टम अडिट हुँदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अनलाईन कारोबार प्रणालीमा हेराफेरि गर्नेमाथि नेप्सले कडा कारवाही गर्ने तयारी सुरु गरेको छ । नेप्सेले सिष्टम अडिट गरी दोषी देखिएका माथि कडा कारवाही गर्ने तयारी गरेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सिष्टम अडिट गर्दा दोषी देखिएका माथि कडा कारवाही गरिने बताए । नेप्सेको अनलाईन प्रणालीमा समस्या खडा भएपछि नेप्सेले दक्ष प्राविधिक राखेर अध्ययन गरिरहेको छ । नेप्सेले विस्तृत अध्ययन पछि समस्याको पहिचान गरी सो समस्या उत्पन्न गराउने दोषीमाथि कारवाही गरिने सिईओ साउदले बताए ।

Prabhu
Crest

नेप्सेको अनलाईन प्रणालीमा भएको त्रुटीबारे सिष्टम अडिट गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।  असोज १ गते नै सूचना जारी गरेको नेप्सेले अब छिट्टै कम्पनी छनौट गरेर सिष्टम अडिट गर्ने र सो प्रतिवेदनको आधारमा कारवाही प्रक्रिया अघि बढाइने जनाएको छ । सिष्टम अडिटबाट नेप्सेमा सर्भरमा सपोर्ट दिने सुविसु, अनलाईन कारोबार प्रणाली विकास गर्ने वाईको नेपाल मध्ये को दोषी हो यकिन हुनेछ । प्राविधिक रुपमा एकिन हुने वित्तिकै एक्सनमा जाने नेप्सेले जनाएको छ ।

नेप्सेको सर्भरमा विगत एक महिनादेखि समस्या आइरहेको छ । पछिल्लो पटक टिएमएसले नै काम गर्न छोडेपछि शेयर लगानीकर्ताहरुको कारोबार नै बिग्रिएको छ । यसैबीच, नेप्सेले सर्भरको क्षमता बृद्धि गर्ने योजना समेत अघि सारेको छ । अनलाईनबाट कारोबार बृद्धि भएसँगै नेप्सेमा अनलाईन प्रयोगकर्ताहरुको संख्या बढिरहेको छ । बढ्दो प्रयोगकर्ताको संख्यालाई मध्यनजर गर्दै नेप्सेले सर्भरको क्षमता समेत बृद्धि गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS