IME Life

अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, तोक्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । अरुण भ्याली हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच बिक्री प्रबन्धकका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

कम्पनीले १ बराबर १ को अनुपातमा ९९ लाख ८३ हजार २ सय ३१ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । उक्त हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले श्रावण १६ गते नै अनुमति प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS