IME Life
Beema Board

संविधान दिवसमा टेलिकमको अफरै अफर, डाटा र कल गर्दा छुट पाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले विशेष छुट योजना सार्वजनिक गरेको छ । नेपाल टेलिकमले असोज ३ गतेको संविधान दिवसको अवसरमा फोन तथा इन्टरनेट सुविधामा छुट अफर सार्वजनिक गरेको हो । विभन्नि अफरहरु सार्वजनिक गरेको छ ।

टेलिकमले बुधबार अनलिमिटेड युट्युब अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध उपलब्ध गराउने भएको हो । टेलिकमले यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

Prabhu
Crest

टेलिकमले आज बिज्ञप्ति जारी गरी जनाए अनुसार अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ ।

हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको जनाइएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५५५ रुपैयाँमा उपलब्ध हुन टेलिकमले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS