IME Life
Beema Board

न्यादी हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । न्यादी हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ ।

शेयर प्रत्याभुत कार्य गर्ने सम्बन्धी सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र न्यादी हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता अनुसार सर्वसाधारणलाई शेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको शेयर कोषले खरिद गर्ने छ । कम्पनीले ४० लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

जसमध्ये १५ लाख आयोजना प्रभावित स्थानीयलाई छुट्याईएको छ भने ३ लाख कित्ता कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि र वाँकी २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ।

कम्पनीले लमजुङमा ३० मेगावाटको आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा बुटवल पावरको समेत लगानी छ । हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS