IME Life
Beema Board

रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिक्रि खुल्ला, कति दिने आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सकोे ६३ करोड रुपैयाँको आइपीओ आज (भदौ ४ गते) बाट बिक्री खुला भएको छ ।

कम्पनीले १ सय रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल ६३ लाख कित्ता आइपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र समान ५ प्रतिशत अर्थात ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीको आइपीओमा छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै शेयर बिक्रि नभएको खण्डमा भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओलाई इक्रा नेपालले बीबी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषत रहेको संकेत गर्दछ ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।यसका साथै लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । हाल रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

कति कित्ता आवेदन दिँदा ठीक ?

धितोपत्र निष्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश÷दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ६७ हजार जनाले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् ।

यदी ५ लाख ६७ हजार जनाले आवेदन दिएमा सबैले दश कित्ताको दरले शेयर पाउने छन् । ५ लाख ६७ हजार भन्दा धेरैले आवेदन दिएमा दश कित्ताको लागि गोलाप्रथा हुने छ भने ५ लाख ६७ हजार भन्दा थोरैले आवेदन दिएमा सबैले न्युनतम दश कित्ताको दरले शेयर पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS