IME Life
Beema Board

प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा सामान्य सुधार, खुद बीमाशुल्क घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ९ लाख १७ हजार रुपैयाँले बढी हो ।

चौथो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३८ करोड ७७ लाख रुपैयाँ पुगेको छ । ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४४ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको छ ।समिक्षा अवधिमा कम्पनीको नाफामा सामान्य सुधार आएपनि खुद बीमाशुल्क आर्जन घटेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले एक लाख १६ हजार ९३० वटा बीमालेख जारी गरेर एक अर्ब ३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिमा कम्पनीले ४ हजार ५ सय ७५ वटा दाबी बापत ७० करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ८ सय ४६ दाबी बापत ३० करोड ५५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ करोड २० लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८७ पैसा, प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS