IME Life
Beema Board

मेगा बैंकको खुद नाफा १ अर्ब ५२ करोड रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । । मेगा बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गण्डकी विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको मेगाको नाफा अघिल्लो आवको तुलनामा गत वर्षको नाफा घटेको छ । बैंकको नाफा ६ दशमलव ६९ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको चौथौ त्रैमासमा एक अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले गत वर्ष सोहि अवधिमा एक अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको हो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षको चौथो त्रैमाससम्म बैंकको सञ्चालन नाफा ७ दशमलव ७० प्रतिशतले घटेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा एक अर्ब ११ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

बैंकले असारमान्तससम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ हजार निक्षेप संकलन गरेको छ भने १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्षभन्दा कम्पनीको निक्षेप संकलन ६२ दशमलव ५४ प्रतिशत र कर्जा प्रवाह ५८ दशमलव ३१ प्रतिशत बढेको हो ।
गण्डकीलाई प्राप्ति पश्चात् बैंकको चुक्तापूँजी १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ९९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS