IME Life
Beema Board

स्वाभिमान लघुवित्तको नाफा १० प्रतिशतले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको नाफा भने १० प्रतिशत घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा २ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको उक्त कम्पनीको गत आवको सोही अवधिमा २ करोड २१ लाख रुपैयाँमा नाफा सिमित भएको हो ।

चौथौ त्रैमासको अवधिमा कम्पनीको सञ्चालन नाफा २९ प्रतिशत घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा ७२ लाख २० हजार रुपैयाँ छुट्याएकोमा गत आवको सोही अवधिमा २ करोड ७ लाख रुपैयाँ छुटाएको छ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ८९ लाख ५७ हजार खराब कर्जा उठाएको छ ।कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा ३९२ प्रतिशत वढी खराब कर्जा उठाएको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले १८ लाख १८ हजार रुपैयाँ खराब कर्जा उठाएको थियो ।

कम्पनीको चुक्तापूँजी ७ करोड ६७ लाख रुपैयाँ रहेको भने जगेडा कोषमा २ करोड ८० लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS