IME Life

नेशनल लाईफ इन्स्योरेन्सले प्रदेश प्रमुखदेखि प्रशिक्षार्थीसम्म नयाँ कर्मचारी भर्ना गर्ने, ७ दिनभित्र आवेदन माग

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश नेतृत्व तहदेखि प्रशिक्षार्थी तहसम्म नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै प्रदेश प्रमुख, ब्रान्च इन्जार्ज–बजार र सहायक– प्रशिक्षार्थीमा नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेको हो ।

कम्पनीद्वारा जारी सूचनामा आवश्यक संख्या खुलाइएको छैन । यद्यपि प्रदेश प्रमुख ७ जना भन्दा बढि हुने छैन भने ब्रान्च इन्चार्जको संख्या केही बढि हुने छ । त्यस्तै, प्रशिक्षार्थीको संख्या दर्जनौं हुनसक्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रदेश प्रमुख पदमा आवेदन दिनको लागि पाँच वर्षको कार्य अनुभव हुनु अनिवार्य छ भने शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने उल्लेख छ । त्यसैगरी, शाखा इन्चार्जको लागि समेत स्नातक तहको शैक्षिक योग्यताको साथै शाखा सञ्चालन गर्न सक्ने नेतृत्वदायी क्षमता भएको व्यक्तित्व हुनुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै प्रशिक्षार्थी सहायक पदमा आवेदन दिनको लागि उच्च शिक्षा अर्थात १२ कक्षा वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको व्यक्ति हुनुपर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS