IME Life

कोरोना परीक्षण गरेको शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिने, क्यास ब्याक समेत हुने

SPIL
NIC ASIA

काठमाडौं । सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा ल्याएको छ । ग्राहकलाई अनलाईनबाटै शुल्क भुक्तानी गर्ने सुविधाको लागि ल्याबले ‘ई–सेवा’ र ‘खल्तीसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौतापछि ग्राहकले ‘ई–सेवा’ वा ‘खल्ती’बाट रकम भुक्तानी गर्दा २०० रुपैयाँ क्यास व्याक पाउने जनाइएको छ ।‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्कतिर्न सकिनेगरी व्यवस्था गरेका हौं’ ल्याबका संचालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई–सेवा र खल्तीसँग सहकार्य गरिएको छ ।

Prabhu
Crest

जसबाट रकम भुत्तानी गर्दा सेवाग्राहीले थप २०० रुपैयाँ क्यास व्याक पाउनेछन् ।’ पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए ।

कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यता प्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा परीक्षण गर्दै आएको छ । अब अनलाईनबाट रकमभुत्तानी गर्दा ३८ सय रुपैयाँमा नै परीक्षण गर्न पाउने र स्वाब समेत ल्याबले संकलन गरेमा जम्मा ४३ सय रुपैयाँ तिर्नुपर्ने ल्याबले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS