IME Life

नागरिक स्टक डिलरलाई धितोपत्र बोर्डको पत्र, कृष्ण टावरमा कार्यालय खुल्दै, भदौंभित्रैमा कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट औपचारिक रुपमा प्रक्रिया अघि बढाउने सम्बन्धी पत्र पाएको छ । बोर्डले हिजो पत्र दिएको नागरिक स्टक डिलर कम्पनीका प्रबन्ध सञ्चालक इन्द्र कुमार कट्टेलले जानकारी दिए ।

नागरिक स्टक डिलर कम्पनीका अनुसार भदौंभित्रैमा कारोबार सुरु गर्ने गरी तीव गतिमा काम भइरहेको छ । यसै साता कृष्ण टावरमा कार्यालय सञ्चालन गर्दैछ । त्यस लगत्तै बोर्डमा पत्र पठाएर भौतिक पूर्वाधार सम्पन्न भएको जानकारी गराउने तयारीमा कम्पनी छ । प्रबन्ध सञ्चालक कट्टेलका अनुसार हाल पूर्वाधार तयारीको काम ९० प्रतिशत सकिएको छ । स्टक डिलरको पूर्वाधारको काम सकिएपछि नेप्से र सिडिएससीमा केही प्राविधिक काम मिलाएर भदौंभित्रैमा कारोबार गर्ने गरी तयारी भइरहेको छ । सिडिएससीमा केही समय लाग्न सक्ने भएकाले प्राविधिक समस्याहरुको सम्बन्धमा अनौपचारिक छलफल भइरहेको कम्पनीले जनाएको छ । सिडिएससीमा क्लीयरिङका लागि हाल प्रचलनमा रहेको सफ्टवयेरमा केही हेरफेर गर्नुपर्ने भएकोले केही समय लाग्ने सक्ने भएकोले अहिले देखि नै अनौपचारिक रुपमा छलफल चलाइएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

स्टक डिलर कम्पनी लिमिटेड नागरिक लगानी कोषको नेतृत्वमा स्थापना भएको कम्पनी हो । कूल पाँच अर्ब चुक्ता पुँजि रहेको सो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सहित कोषको ५१ प्रतिशत शेयर छ । बाँकी ३० प्रतिशत शेयर भने दुई वर्षपछि सर्वसाधारणको लागि निष्काशन हुनेछ । कम्पनीमा सिईओ समेत नियुक्त भएका छैनन् । कोषका कर्मचारीलाई प्रबन्ध सञ्चालकको रुपमा जिम्मेवारी दिई कम्पनी संस्थापन खटाइएको छ ।

पुँजि बजारमा शेयर कारोबार गर्ने गरी आउन लागेको स्टक डिलरले कारोबार सुरु गरेसँगै पुँजि बजार एक तह माथि उठ्ने विश्वास गरिएकोछ । स्टक डिलर कम्पनीले नियमित शेयर कारोबारबाट मुनाफा आर्जन गर्नेछ भने बजारमा अस्वाभाविक उतार चढाव भएमा ठूलो मात्रामा शेयर खदिर गर्ने तथा बिक्री गर्ने समेत गर्दछ ।

नेपाल धितोपत्र बोर्डमा नियुक्त भएदेखि नै स्टक डिलरलाई अनुमति दिने पक्षमा रहेका अध्यक्ष भिष्मराज ढुंगानाले हिजो औपचारिक रुपमा पत्राचार गरिएको र अब छिट्टै कारोबार सुरु हुने जनाए । ढुंगानाले भौतिक पूर्वाधार सम्पन्न भएर आउने वित्तिकै लाईसेन्स दिन बोर्ड तयार रहेको जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS