IME Life
Beema Board

नेपाल फाइनान्सको ८ वर्षको वार्षिक साधारण सभा भाद्र ११ गते, यस्तो छ एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्सले ८ वर्षको वार्षिक साधारण सभा भाद्र ११ गते गर्ने भएको छ । फाइनान्सले बिसौँ, एक्काइसौँ, बाइसौँ, तेइसौँ, चौबिसौँ, पच्चिसौँ, छब्बिसौँ र सत्ताइसौँ साधारण सभा एकैचोटी गर्ने हो ।

फाइनान्सको साउन १६ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा सभाको मिति तय भएको छ । सभा एल्लो प्यागोडा होटल कान्तिपथ, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

फाइनान्सले साधारण सभा प्रयोजनका लागि साउन २६ गते एकदिनका लागि फाइनान्सको शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ साउन २५ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, फाइनान्सको विभिन्न आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ ।

त्यसैगरी, सभामा फाइनान्सले निष्काशन गर्न लागेको हकप्रद शेयरको प्रस्ताव पारित गरिनेछ । फाइनान्सले १ बराबर १:७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको छ । १ बराबर १:७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फाइनान्सले २०७६ साल फागुन २९ गते सेबोनमा निवेदन पेश गरेको छ ।

कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्काशनको अनुमति मागेको हो । फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS