IME Life
Beema Board

लाभांश वितरणमा लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई लाभांश वितरणको लागि नयाँ व्यवस्था लागु गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि मंगलबार निर्देशन जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरुलाई लाभांश वितरणको लागि यस्तो व्यवस्था गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् । तर यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने छैन ।

Prabhu
Crest

त्यस्तै, खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका लघुवित्त वित्तीय संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन् ।

आज जारी निर्देशिकाले नेपाल राष्ट्र बैंकले जारी गरेको लघुवित्त संस्था सम्बन्धी निर्देशिकाले लघुवित्त संस्थालाई थप कडाई गरेको छ । आज जारी निर्देशिकामा हकप्रद शेयर जारी गर्न र मुद्दतिमा निक्षेप राख्न नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका लघुवित्त कम्पनीमा रुपान्तरण हुने उद्देश्यले समेत पुँजि बृद्धिका लागि हकप्रद शेयर जारी गर्न राष्ट्र बैंकले अनुमति नदिने उल्लेख छ ।

त्यस्तै, लघुवित्त कम्पनीहरुले मुद्दति निक्षेपमा रकम राख्न नपाउने भएका छन् । अल्पकालिन अवस्थाका लागि बढिमा तीन महिनाको लागि मुद्दति निक्षेपमा रकम राख्न सक्ने भएपनि सो भन्दा बढि समय मुद्दति निक्षेपमा रकम राख्न नसक्ने व्यवस्था गरेको हो । यसबाट चालु आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुको मुनाफा प्रभावित हुने अनुमान गरिएको छ ।

त्यस्तै, कोभिडबाट प्रभावित उद्यम व्यवसायको लागि असोज महिनाभित्रमा बढिमा छ महिनाको लागि एक पटक म्याद थप गर्ने व्यवस्था मिलाइएको छ । नयाँ व्यवस्था अनुसार लघुवित्त कम्पनीहरुले अधिकतम २ प्र्रतिशत मात्रै सेवा शुल्क लिन पाउनेछन् भने १५ प्रतिशतभन्दा बढि ब्याज लिन पाउने छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS