IME Life
Beema Board

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुई वटै योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुई वटा योजना सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम –२ को प्रतिइकाई खुद मूल्य बढेको छ । गत जेठ महीनाको तुलनामा असार महीनामा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका दुई वटा योजनाको मुल्य बढेको हो ।

सिद्धार्थ इक्वीटी फण्डको जेठ महीनामा १० रुपैयाँ २६ पैसा रहेको प्रतिइकाई खुद मुल्य असार महीनामा ११ रुपैयाँ १७ पैसाँ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को जेठ महीनामा १० रुपैयाँ १३ पैसा रहेकोमा असार महीनामा ११ रुपैयाँ ८ पैसा कायम भएको छ ।

Prabhu
Crest

प्रतिइकाई खुद मुल्य बढेको दुवै योजनाको नाफा पनि बढेको छ । जेठ महीनामा १ करोड ७२ लाख ५३ हजार रुपैयाँ नाफा गरेको सिद्धार्थ इक्वीटी फण्डले असार महीनामा १५ करोड ३४ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

असार मसान्तसम्म सिद्धार्थ इक्वीटी फण्डको प्राप्त भइसकेको आम्दानी ११ करोड ६३ लाख ८२ हजार रुपैयाँ र प्राप्त नभइसकेको आम्दानी ७ करोड ७ लाख ८२ हजार रुपैयाँ छ । जेठ महीनामा उक्त योजनाको जम्मा आम्दानी ५ करोड ११ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ ले जेठ महीनामा १ करोड ५८ लाख २६ हजार नाफा गरेकोमा असार महीनामा १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ नाफा गरेको छ ।

जेठ महीनामा ४ करोड ३७ लाख १९ हजार रुपैयाँ जम्मा आम्दानी गरेको यस योजनाले असार महिनामा १५ करोड ७१ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । असार महीनासम्म ९४ करोड ३७ लाख ९४ हजार रुपैयाँ सूचीकृत र सूचीकृत हुन बाँकी शेयरमा योजनाले लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS