IME Life
Beema Board

१० वटा क्षेत्रलाई कोभिड–१९ बाट अति प्रभावित घोषणा, थप २५ उद्यम–व्यवसाय कोरोना प्रभावितको सूचिमा (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिडका कारण रुग्ण बनेका उद्यम व्यवसायको सूचि सार्वजनिक गर्दै त्यस्ता क्षेत्रमा प्रभाह भएको कर्जाको साँवा ब्याज असुलीमा विशेष छुट प्रदान गर्न सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले सबैभन्दा प्रभावितको सूचिमा पर्यटन क्षेत्रलाई समावेश गरेको छ । त्यस्तै, हवाई जहाज, तरकारी, पशुपंक्षी, मनोरञ्जलस्थल, चलचित्र, बैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श केन्द्रलाई अति प्रभावितको सूचिमा समावे गरेको छ । त्यस्तै, सञ्चार माध्यम, पत्रिका, प्रेस, निजि विद्यालय, यात्रु बाहक यातायातलाई मध्यम प्रभावितमा समावेश गरेको छ । त्यस्तै अनलाईन सम्बन्धी कार्य गर्ने उद्यम, राष्ट्रिय प्रशारणमा जोडिएका विद्युत कम्पनी, आयातजन्य व्यापार, औषधीलाई न्यून प्रभावित क्षेत्रमा सूचिकरण गरेकोछ ।

राष्ट्र बैंकले अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी तीन बर्गलाई दिइने सुविधा समेत तोकेको छ ।
क. अति प्रभावित कोभिड–१९ वाट अति प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न ।

Prabhu
Crest

तर, कोभिड–१९ को कारण पुनस्र्थापित हुन समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमको भुक्तानीका लागि २ वर्षसम्मको समय प्रदान गर्न यस व्यवस्थाले वाधा पु¥याएको मानिने छैन ।

ख. मध्यम प्रभावित कोभिड–१९ बाट मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न ।

.न्यून प्रभावित कोभिड–१९ बाट न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न ।

उद्योग व्यवसायहरुको बर्गीकरणको सूचि

अतिप्रभावित उद्योग व्यवसायहरुः
१० पर्यटन
क. ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पाआदि,
ख. होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्षण
ग. साहसिक पर्यटनः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्याप्mटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बञ्जीजम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत ।
घ. गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार ।
२. हवाई तथा पर्यटकीय यातायात ।
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस ।
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल ।
५. रोजगारी गुमेका वा लेअपमा परेका श्रमिक, कामदार वा कर्मचारी ९ स्वदेशमा वा विदेशमा० ।
६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण ।
७. कुखुरापालन व्यवसाय ।
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय ।
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय ।
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

मध्यम प्रभावित
मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्नु पर्नेछ । मध्यम वर्गमा निम्न उद्योग व्यवसाय पर्दछन्ः
१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम-स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय ।
२. निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर
३. यात्रुवाहक स्थल यातायात ।
४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप ।
५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय
६. अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
८. भण्डारण गर्न सकिने बस्तु ९खाद्यान्न बाहेक० उत्पादन, प्रशोधन तथा बिक्री वितरण
९. वन तथा खनिजजन्य उद्योग
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन
१२. छपाइ, प्रकाशन तथा संचार गृह
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
१४. पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय

न्यून प्रभावितः
कोभिड–१९ बाट न्यून प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने छ । न्यून प्रभावित उद्योग व्यवसाय निम्नअनुसार छन्ः
१. उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना
२. अनलाईन ९इकमर्स० मा संलग्न व्यवसाय
३. खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय
४. दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण
५. आयात जन्य व्यापार
६. पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय
७. औषधि बिक्री वितरण
८. विज्ञापन सेवा स
९. इन्टरनेट, दुरसंचार सेवा प्रदायक कम्पनी
१०. मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय
११. ट्रक, ढुवानी व्यवसाय

१२. सुन, चाँदीका गहना तथा बहुमुल्य पत्थर सम्बन्धी व्यवसाय ।
(ई) उपबुँदा (अ), (आ) र (इ) मा उल्लेख नभएका क्षेत्रका उद्योग, व्यवसायको हकमा इजाजतपत्रप्राप्त संस्थाले वित्तीय अवस्था तथा नगद प्रवाहको विस्तृत विश्लेषण गरी उद्योग, व्यवसायलाई कोभिड–१९ को कारण परेको असर, पुनः सञ्चालनमा आई पूर्ववत् अवस्थामा फर्कन लाग्ने समय तथा सोको लागि चाल्नु पर्ने कदम समेतको अध्ययन गरी स्पष्ट आधार सहित तीनमध्ये कुनै एक वर्गमा वर्गीकरण गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS