IME Life
Beema Board

९ गते रौतहटमा कम्पनी बन्द, १२ गतेसम्म नेप्सेमा भटाभट शेयर कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत ९ गते रौतहटमा रहेको चर्चित श्रीराम सुगर मिल सञ्चालक समितिले उक्त सुगरमिल साउन आइतबार ११ गतेदेखि सदाको लागि बन्द गर्ने निर्णय गर्यो ।

श्रीराम सुगर मिल सधैका लागि बन्द गर्ने निर्णय भएपछि पनि नेपाल स्टकमा भने उक्त कम्पनीको शेयर कारोबार जारी नै रहेको थियो । रोचक चाही के छ भने साउन ११ गतेदेखि कम्पनी सदाको लागि बन्द गर्ने निर्णय भएको तीन दिनपछिसम्म नेप्सेमा शेयर कारोबार भइरहेको थियो । अचम्मको कुरा कम्पनी बन्द गर्ने निर्णयपछि बिहिवारको तुलनामा आइतबार उल्लेख्य रुपमा शेयरको मूल्य बृद्धि भएको थियो । सोमबार विहान साढे ११ बजेतिर कम्पनीले उद्योग सदाको लागि बन्द गर्ने निर्णय गरिएको पत्र नेप्सेमा आईपुग्दा नेप्सेको सिष्टममा सयौं मानिसहरु श्रीराम सुगर मिलको शेयर किन्न बायरमा लाइन लागेका थिए ।

Prabhu
Crest

हप्ता दिनमा मुश्किलले कारोबार हुने श्रीराम सुगर मिलको शेयरमा यो हप्ताको सुरुदेखि नै अचम्मको लाईन लाग्नुमा लगानीकर्ता माँझ कम्पनी बन्द हुने सूचना पुगिसकेको थियो । सोही सूचनाको आधारमा लगानीकर्ताहरुले श्रीराम सुगर मिल्सको शेयर भटाभट खरिद गरेको देखिएको छ ।

कम्पनीको ९ गते बसेको बैठकले ११ गतेदेखि कम्पनी बन्द गर्ने निर्णय गरेको भए पनि शेयर धनीले भने १२ गते १२ बजे मात्रै औपचारिक रुपमा नेप्से मार्फत सूचना पाएका थिए । उक्त सुचना पाए लगत्तै नेप्सेले कारोबार रोक्का गरिसकेको नेपाल स्टक एक्सचेन्जका सिईओ चन्द्र सिंह साउदले बताए । कम्पनी बन्द भएपछि पनि शेयर कारोबार भएको तथा ढिलो सूचना दिएको बारे कम्पनीसँग कुरा गरिने साउदले बताएका छन् । नेप्सले कम्पनी बन्द भएपछि नियोजित रुपमा गरिएको शेयर कारोबार रद्द गर्ने जानकारी दिएपनि औपचारिक निर्णय भने गरिसकेको छैन ।

श्रीराम सुगर मिलको ३० लाख ४५ हजार ९९० कित्ता शेयर नेप्सेमा सूचीकृत छन् । कम्पनी बन्द गर्ने निर्णय भएपनि उक्त निर्णय साधारणसभाबाट पास हुनुपर्नेछ । कम्पनी बन्द गर्दा लिक्वीडेशनमा लगेर सम्पूर्ण दायित्व तिरेर बाँकी रहेको सम्पत्ति बिक्री गरी सबै लगानीकर्तालाई भागबण्डा गर्नुपर्ने छ । श्रीराम सुगरमिलसँग महंगो जग्गा तथा सम्पत्ति रहेकोमा सो सम्पत्तिको मूल्याङ्कनबाट नाफा हुनसक्ने भएकाले पनि बजारमा शेयर महंगोमा उठाएको हुनसक्ने अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS