IME Life

बैंकभित्र राजनीति नगर्न सनराईज बैंकका सञ्चालकलाई राष्ट्र बैंकको चेतावनी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले सनराईज बैंकका सञ्चालकहरुलाई बैंकभित्र राजनीति गरी सर्वसाधारणको निक्षेपमाथि खेलवाड गरेमा गम्भिर परिणाम भोग्नुपर्ने चेतवानी दिएको छ । नेपाल राष्ट्र बैंकले विवादमा फसेको सनराईज बैंकका अध्यक्षसहित ७ जना सञ्चालकहरुलाई बोलाएर बयान लिएको छ । सञ्चालकहरुसँग मौखिक रुपमा बयान लिएको हो । मौखिक बयान समेत टिपोट बनाइएको छ । बयान लिईसकेपछि केन्द्रीय बैंकले बैंक सञ्चालकहरुको परिधि, सीमा, अधिकार र कर्तव्यको ध्यानाकर्षण गराउँदै बैंकभित्र राजनीति भएमा गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिएको हो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देव कुमार ढकालले आज ७ जना सञ्चालकहरुको कुरा सुन्ने काम भएको बताए । उनले भने, ‘हामीले सनराईज बैंकका सञ्चालकहरुलाई बोलाएर उहाँहरुको कुरा सुन्यौं, आवश्यकता अनुसार बोलाएर जानकारी लिन सकिन्छ ।’ बैंकले सिईओ जनक शर्मा पौडेलसँग कहिले बयान लिने भन्ने प्रष्ट पारिसकेको छैन । सम्भवतः भोलि बयान लिनसक्ने जनाइएको छ । यद्यपि नियमन विभाग प्रमुख ढकालले भने, ‘सिईओ बोलाउने नबोलाउने विषयमा राष्ट्र बैंकभित्रै छलफल जारी छ ।’

Prabhu
Crest

सनराईज बैंकभित्र उत्पन्न समस्याको कसरी किनारा लगाउने भन्ने विषयमा गभर्नर महाप्रसाद अधिकारी आफैले पनि सक्रियता देखाएर समस्याको हल खोजिरहेको जनाएका छन् । आज सञ्चालकहरुलाई बयान लिएको विषय समेतका बारेमा बाहिर आएर मिडियाबाजी गरेपछि सञ्चालकहरु नसच्चिएको राष्ट्र बैंकको ठम्याई छ । विवादका बीचमा राष्ट्र बैंकले टेकओभर गर्न सक्ने चर्चा समेत चलेको छ । यद्यपि सो सम्बन्धमा राष्ट्र बैंकले अनुसन्धान जारी रहेकाले अनुसन्धान भइरहेको विषयमा प्रभावित पार्ने गरी टिप्पणी गर्नु उचित भने हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS