IME Life
Beema Board

प्रभु बैंकले साउन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले साउन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नविल ईन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

Prabhu
Crest

८ बर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी गर्ने छ । बैंकले कुल २ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्ने छ ।

लगानीकर्ताले २५ कित्ता र अधिकतम ३ लाख कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा असार २३ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेको खण्डमा ढिलोमा भदौ १ सम्म आवेदन दिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS