IME Life
Beema Board

यस्तो छ कुमारी बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले अधिकांश बचत खाताको ब्याजदर ३ प्रतिशतमा झारेको छ भने अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने भएको छ। बैंकले १५ प्रकारका बचत खातामा ३ प्रतिशत मात्रै ब्याज दिने भएको हो। ३ प्रकारका खातामा भने ५ प्रतिशत ब्याज दिने भएको छ।

बैंकले तीन महिनादेखि २ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपमा ७ दशमलव २५ प्रतिशत, र २ वर्षभन्दा बढी अवधिको लागि ७ दशमलव ७५ प्रतिशत ब्याज दिने जनाएको छ। रिकरिङ्ग बचत खातामा ७ दशमलव २५ प्रतिशत ब्याज दिनेछ।

Prabhu
Crest

संस्थागत मुद्दती निक्षेपतर्फ कुमारी बैंकले ३ महिना वा सोभन्दा बढी अवधिका लागि ६ दशमलव ५० प्रतिशत र नवीबरण हुने मुद्दती निक्षेपमा थप ० दशमलव १० प्रतिशतका दरले ब्याज दिने जनाएको छ।

बैंकले साउन ९ गतेदेखि लागू हुने गरी कर्जाको ब्याजदरमा आधार ब्याजदरअधिकतम ५ प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्ने जनाएको छ। बैंकले मुद्दती निक्षेप धितोमा प्रवाह हुने कर्जामा भने आधार ब्याजदर वा मुद्दती निक्षेपमा प्रदान गरिएको ब्याजदरमा २ प्रतिशत प्रिमियम थप गर्दा जुन बढी हुन्छ सोही ब्याजदरमा कर्जा प्रवाह गरिने उल्लेख गरेको छ।

असार मसान्तमा बैंकको आधार ब्याजदर १० दशमलव ८० प्रतिशत र स्प्रेडदर ४ दशमलव ०७ प्रतिशत रहेको बैंकले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS