नेप्से दोहोरो अंकले घट्यो, १ अर्ब ८७ करोडको कारोबार

Citizen Life Insurance Co

काठमाडौं । नेप्से १४ दशमलव ९९ अंकले घटेर १४४९ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज १ सय ८५ कम्पनीको ४९ लाख ७६ हजार ४ सय ८८ कित्ता शेयरकिनबेच हुँदा १ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ । टेड्रिङ, होटल, उत्पादनमूलक क्षेत्र र म्युचखल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे छाएको छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टीलरीका शेयरकोे १४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै एनएमबि बैंकको १३ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

एनआईसी एशिया लघुवित्तका शेयरधनीले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् भने श्री राम सुगर मिलका शेयरधनीले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएको छ।

हिमाल दोलखा हाइड्रोपावरका शेयरधनीहरुले ९ दशमलव ९० प्रतिशतका दरले गुमाएको छ भन गुराँस लघुवित्तका शेयरधनीहरुले ९ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार