IME Life

बैंकलाई ब्रोकर लाईसेन्स दिए रामकुमारी झाँक्रीलाई नयाँ उचाई छुने अवसर, राजनीति यात्रामा आउँन सक्छ रौनक

SPIL
NIC ASIA

बैंकका सहायक कम्पनीलाई शेयर ब्रोकरको काम गर्न दिने वा नदिने बारे अध्ययन गर्न अर्थ समितिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा उपसमिति बनाएको थियो र विभिन्न संचार माध्यमका अनुसार निकै छिटो सो उपसमितिले प्रतिवेदन सार्वजनिक गर्दैछ । वाणिज्य बैंकले भकाभक ब्रोकर कम्पनी खोली लाईसेन्स पाउने प्रक्रिया सुरु गरे पनि सो उपसमितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो ।

सामाजिक संजाल देखि चिया पसलसम्म वाणिज्य बैंकले ब्रोकर लाईसेन्स पाउने कुरा आउने वित्तिकै लगानीकर्ताको मुहारमा खुशी आउँछ । फेरी एक जनाले लगानीकर्ताले निराश हुँदै भन्छन्  ” खोई वाणिज्य बैंकले कहिले लाईसेन्स पाउने पाउने ?” अर्को व्यक्तिले त्यसो भन्दा सम्पूर्ण माहोल नै निराश हुन्छ ! यसरी लगानीकर्ताहरु सांसद रामकुमारी झाँक्रीको प्रतिवेदनलाई कुरेर बसेका छन् । पानी बिनाका माछा जस्तै नेपाली दोश्रो बजारका लगानीकर्ताहरु कति बेला पानी आउँला भनेर बसेका छन् । अहिलेका लागि दोश्रो बजारका लगानीकर्तालाई पानी ल्याउने जिम्मा सांसद रामकुमारी झाँक्रीको हातमा रहेको छ।

Prabhu
Crest

धेरै लगानीकर्ताको अनुसार अहिलेको समयमा वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाए नेपाली दोश्रो बजार विकास र विस्तार हुन एउटा खम्बा हुन्थ्यो । पुर्व मेची देखि पश्चिम महाकालीसम्मका लगानीकर्ताले शेयर बजारको अनुभव सजिलै गर्न पाउँथे ।

आजको दिनमा के ब्रोकरहरु कम्पनीहरुले मात्र डिम्याट खाता खोल्ने सुविधा पाएको भए नेपाल भरिका जनताले सजिलै आफ्नो स्थानबाट डिम्याट खाता खोल्न पाउँथे र ? के जुम्ला, हुम्लाका व्यक्तिको प्राथमिक बजारमा प्रवेश हुन्थ्यो ? अवश्य हुँदैन थियो ! वाणिज्य बैंकका सहायक कम्पनीहरु मर्चेन्ट बैंकहरुले डिपी पाएर आज देशै भरिबाट डिम्याट खाता खोल्न सकिन्छ ।

त्यस्तै आज एक जना जुम्लाका व्यक्तिलाई शेयर बजारमा प्रवेश गर्न मन लाग्यो । प्राथमिक बजार त जुम्लाबाट पनि सम्भव छ तर त्यहाँका व्यक्तिलाई दोश्रो बजारमा प्रवेश गर्न मन लाग्यो भने के गर्ने ? उनीहरु त्यहाँबाट सुर्खेत आउँन पर्छ । सुर्खेत आउँन २ दिन लाग्ने र पहाडी जिल्लामा यात्रा गर्न निकै खर्च हुने ! कमसेकम वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाए भने त्यहाँ उपस्थित सम्बन्धीत वाणिज्य बैंकका शाखाले उनलाई अन्लाईन दिने व्यवस्था गर्न सक्छन । यसरी देश भर पुँजी बजारको विस्तार हुने छ ।

अहिले नेपाली दोश्रो बजार प्रविधिमैत्री छैन । बैंक खातालाई अनलाइन कारोवार प्रणालीमा जोड्न सकिएको छैन । वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाए दोश्रो बजारमा प्रविधि आउन सक्ने र लगानीकर्ताले केही राहत पाउने देखिन्छ । वाणिज्य बैंकले ब्रोकर लाईसेन्स पश्चात ब्रोकर व्यवसायमा प्रतिस्पर्धा हुँदै शेयर बजार आधुनिक हुने छ। ब्रोकर व्यवसाय एउटा नयाँ उचाईमा पुग्ने छ । जसको लाभ लगानीकर्ता देखि नेपाल राष्ट्रलाई हुने छ।

वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स यहाँ मात्र दिने भन्ने होइन संसार भरी नै यो चलेको चलन चलेको छ । छिमेकी मुलुक र दक्षिण एशियामै वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाएका उदाहरणहरु छन् । संसारमा नेपालमा मात्र बैंकले ब्रोकर लाईसेन्स पाउने देश होइन । वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने वा नदिने भन्ने कुरा नेकपाकी सांसद रामकुमारी झाँक्रीको प्रतिवेदनमा निर्भर हुने छ।

वाणिज्य बैंकले ब्रोकर लाईसेन्स पाएको दिन सामाजिक संजालमा खुशीको बहार आउने छ । चिनी नहालेको चिया पिउँदा पनि लगानीकर्तालाई चिया गुलियो लाग्ने छ। खुशीका आशु आउँने छन् । त्यो खुशीमा सबैले भन्ने छन् “धन्यवाद रामकुमारी झाँक्री ज्यु”।

१५ लाख लगानीकर्ता र निकट भविष्यमा आउने लगानीकर्ताले सांसद रामकुमारी झाँक्री प्रति हेर्ने नजर नै फरक हुन्छ । सांसद रामकुमारी झाँक्रीलाई नेपाली लगानीकर्ताले भगवानको अवतारको रुपमा हेर्ने छन् भने निकट भविष्यमा सम्पूर्ण लगानीकर्ताको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन पाउने कुरामा दुई मत छैन । पूर्व मेची देखि पश्चिम महाकालीसम्मका लगानीकर्ताले सांसद रामकुमारी झाँक्रीलाई समर्थन गर्ने छन्, जसले गर्दा पार्टी भित्र पनि एउटा बलियो नेताको रुपमा उभिन सजिलो हुने नै छ र राजनैतिक यात्रामा पनि केही सहयोग हुने नै छ। लगानीकर्ताले कतै सांसद रामकुमारी झाँक्रीलाई देखे भने खुशी हुँदै आफ्नो साथीलाई भन्ने छन्  ” उहाँ बैंकलाई ब्रोकर लाईसेन्स दिने दिदी ! “

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS