IME Life

बैंकास्योरेन्स खोल्नेबारे नेपाल राष्ट्र बैंकमा छलफल

SPIL
NIC ASIA

काठमाडौं । गत वर्षदेखि बन्द गरिएको बैंकास्योरेन्स यस वर्ष मौद्रिक नीतिबाट पुनः खोल्ने सम्बन्धमा राष्ट्र बैंकमा छलफल सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणकर भट्टले बैंकहरुले बैंकास्योरेन्स खुल्ला गर्नुपर्ने सुझाव पेश गरेको र प्राप्त सुझावमाथि छलफल हुनु केन्द्रीय बैंकको नियमित कार्य भएको बताए । वाणिज्य तथा विकास बैकहरूले यस वर्ष बैंकास्योरेन्स खुल्ला गर्न चर्को लबिङ गरिरहेका छन् भने नयाँ बीमा कम्पनीहरुले समेत खोल्नुपर्ने सुझाव केन्द्रीय बैंकमा बुझाएका छन् । पछिल्लो समय बीमा समितिले समेत अनौपचारिक रुपमा बैंकास्योरेन्स खोल्नुपर्ने भन्दै लबिङ गरेको सूत्रहरुले जनाएको छ ।

Prabhu
Crest

राष्ट्र बैंकका विभिन्न चरणमा छलफल पश्चात मात्रै कुनै पनि विषय मौद्रिक नीतिमा समावेश गर्ने नगर्ने निर्णय हुने प्रबक्ता भट्टले बताए । सोही प्रक्रिया अन्तर्गत राष्ट्र बैंकका विज्ञहरुले बैंकास्योरेन्सबारे छलफल चलाइरहेका छन् ।

उता, पेशागत बीमा अभिकर्ता संघले भने बैंकास्योरेन्स लागू गरे कडा आन्दोलनमा होमिने चेतावनी दिएको छ । देशैभरि रहेका एक लाखभन्दा बढि अभिकर्ताहरुको रोजिरोटी खोस्ने कार्य स्वीकार्य नभएको भन्दै संघले छिट्टै आन्दोलनको घोषणा गर्ने जनाएको छ ।

बैंकमार्फत बीमा गर्र्दा बीमितको आम्दानी प्रमाणिकरणमा समस्या तथा ऋणीलाई जबरजस्ती बीमा गराएको गुनासो पछि केन्द्रीय बैंकले बैंकास्योरेन्स बन्द गरेको थियो । बैंकास्योरेन्स खुलेपछि बैंक आफै बीमा कम्पनीको एजेन्ट भएर बीमा गरी बीमा गरिएको रकमको निश्चित प्रतिशत आम्दानी गर्न सक्ने हुँदा बैंकले बैंकास्योरेन्स खोल्न माग गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS