IME Life
Beema Board

धितोपत्र बोर्डका अध्यक्षलाई शेयर बजारको हिरो बन्ने सुनौलो अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विगतमा नेपाली शेयर बजारको एउटा प्रमुख समस्या भनेको दोश्रो बजार संचालक नेप्से र नियामक निकाय धितोपत्र बोर्ड बीचको दुरी अर्थात नेप्से प्रमुख र बोर्ड प्रमुख बिचको तालमेल नमिल्नु । यही समस्याले नेपाली शेयर बजारको विगतमा सोचे जस्तो विकास हुन सकेन ।

धितोपत्र बोर्डका पुर्व अध्यक्ष रेवत बहादर कार्कीले अप्ठेरो अवस्थामा पनि शेयर बजार विकास र विस्तारको लागि केही उल्लेखनीय काम गरेर आफ्नो कार्यकाल छोडेका थिए । पुर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीले साना लगानीकर्तालाई शेयर बजारको पहुँच भित्र आउँन ठूलो हिम्मत दिएका  थिए ।  १० कित्ता बाडँफाडँ नीति अनुरुप साधारण आम्दानी भएका जनताले र  कलेज पढ्दै गरेका विद्यार्थीहरुले पनि प्राथमिक बजारमा आफ्नो स्थान सुरक्षित गर्न सहज भयो । उनले आफ्नो कार्यकालमा ब्रोकर कमिशन घटाउनेदेखि शेयर बजारलाई प्रविधिमैत्री बनाएका थिए ।  त्यस्तै उनले डिम्याट खाता अनिवार्य, आस्बा प्रणाली लागू गरेको थिए । वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने कुराको सुरुवात पनि उनकै पालामा भएको थियो ।

Prabhu
Crest

डा. कार्कीको बाटो भने सोचे जस्तो सजिलो थिएन । बैंकलाई ब्रोकर लाईसेन्स दिने कुराले ब्रोकरहरु खुशी थिएनन्।  पुँजी बजारको विकासको लागि अरु धेरै काम गर्न खोजेका थिए तर केही महत्वपूर्ण कुराले अन्तिम रुप लिन पाएको थिएन।

डा. रेवत बहादुर कार्की पश्चात धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएका छन् । प्रधानमंत्री केपी शर्मा ओलीको बलियो सरकारबाट चुनिएका अहिलेका बोर्ड अध्यक्षलाई भने बाटो एकदम सहज छ । बिग्रिएको र बाटो बिर्सेको अहिलेको  शेयर बजारलाई ट्रयाकमा ल्याउन सफल भएमा अध्यक्ष भिष्म राज ढुंगानालाई नेपाली शेयर बजारको हिरो बन्न कसैले रोक्न सक्दैन । अस्तव्यस्त नेपालको शेयर बजारलाई आधुनिक शेयर बजार बनाउन सफल भएमा अध्यक्ष ढुंगानालाई नेपाली लगानीकर्ताले भागवान सरह व्यवहार गर्ने छन् ।

धितोपत्र बोर्डले  नेपाली पुँजी बजार विकास र विस्तारका लागि गर्नु पर्ने काम धेरै छन् तर केही काम यस्ता छन् की जसले अहिलेको समयमा टाउकोमा हात राखेर बसेका नेपाली लगानीकर्तालाई मुस्कान दिन भने अवश्य सक्ने छ।

पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली  :
नेपालको दोश्रो बजारमा प्रयोग भएको अनलाइन प्रणाली नाम मात्रको अनलाइन प्रणाली सावित भएको छ । निकै समय अघि अर्थमन्त्रीले भव्य रुपमा उद्घाटन गरेको अनलाईन प्रणाली आजसम्म पूर्ण स्वचालित हुन नसक्नु लगानीकर्ताको मुटुमा चक्कु रोप्नु सरह हो । हिजोको दिनमा टेलिफोनबाट केही लगानीकर्ताले ब्रोकरलाई अडर टिपाउने गर्थे भने अहिले आफै अडर हाल्ने गर्छन । फरक यति मात्र देखिएको प्रणालीलाई कसरी पूर्ण स्वचालित भन्नु ? पूर्ण स्वचालित अनलाइन प्रणालीको अभावमा संसार भर शेयर कारोवार हुँदा यहाँ हुन सकेको छैन । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा सबै प्रकारका राफासफ स्वचालित हुन्छन् । निकै लामो समय हुँदा समेत नेप्सेले अनलाइन पूर्ण बनाउन सकेको छैन।

अनलाइनलाई पूर्ण बनाउन धितोपत्र बोर्डले निकै ठूलो निर्णय गर्न पनि पछि हट्नु हुँदैन । नेप्सेलाई  स्पष्ट निर्देशन दिन सक्नु पर्छ । किनकी नेप्से भनेको धितोपत्र बोर्डबाट अनुमति पाएको संस्था हो । नेप्सेले अनलाइनलाई पूर्ण स्वचालित बनाउन नसकेर लगानीकर्ताको मनोविज्ञानमा खेल्दा धितोपत्र धितोपत्र बोर्डले अर्को स्टक एक्सेञ्ज खोल्नेसम्मको सोच राखेर अघि बढ्नु पर्ने हुन्छ । जब सम्म लगानकर्ताले स्वचालित रुपमा कारोवार गर्न पाउँदैनन् तबसम्म देशका दुर दराज सम्म शेयर बजार पुग्न सक्दैन । संसारमा सबै ठाउँमा बैंक ईण्टिग्रेशन  हुने यहाँ किन भएन भनी प्रश्न सोध्ने बेला आएको छ । नेपाली लगानीकर्ताहरु भने यो प्रश्न सोधेर थाकिसकेका छन्।

बैंकलाई ब्रोकर लाईसेन्स :
नेपाली लगानीकर्ताले विगत लामो समय देखि माग्दै आएको एउटा माग भनेको बैंकलाई ब्रोकर लाइसेन्स हो । छिमेकी देश भारत सहित दक्षिण एशियामा धेरै मुलुकमा बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाएका धेरै उदाहरण छन् तर पनि नेपालमा बैंकले ब्रोकर लाईसेन्स पाउने कुरामा ढिला सुस्ती भएको छ ।

नेपाली शेयर बजारका आन्दोलन र दवावका कार्यक्रमले पनि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स एक प्रमुख मागको रुपमा स्थापित गरेको छ ।  सामाजिक संजालमा बैंकले ब्रोकर लाईसेन्स पाउने समाचार आउँदा लगानीकर्ता निकै खुशी हुन्छन । “ब्रोकर लाईसेन्स बैंकलाई बजारमा पहुँच सबैलाई” जस्ता नारा सामाजिक संजालमा भाइरल छन् । वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स पश्चात लगभग शत प्रतिशत लगानीकर्तामा खुशी आउने छ। विश्वका धेरै देशमा वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाईसेन्स पाउने गरेकोमा यहाँ पाउनु कुनै ठूलो कुरा होइन । बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरामा बोर्ड अध्यक्षले केही सकारात्मक प्रयास गर्दा लगानीकर्ताको माझ एउटा फरक नजरमा स्थापित हुने छन् । यदी यो कदम सफल भएमा नेपालको ब्रोकर व्यवसायले एउटा ठूलो फड्को मार्ने छ।

ब्रोकर कमिसन घटाउने :
अहिले ब्रोकर कमिसन निकै महँगो भनिदै आएको छ । यसले कारोवारीलाई निकै समस्या आएको छ । धेरै लगानीकर्ताले ब्रोकर कमिसन घटाउने माग राख्दै आएकोमा धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन समय सापेक्ष निर्णय लिन सक्नु पर्छ । माथिल्लो लिमिट राखेर ब्रोकर कमिसनमा प्रतिष्पर्धा पनि एउटा उत्तम विकल्प हुन सक्छ ।

इन्साइडर ट्रेडिङ्ग नियन्त्रण :
नेपालको शेयर बजारलाई इन्साइडर ट्रेडिङ्गले भित्र भित्र खोक्रो बनाईसकेको छ । सिमित व्यक्तिले निकै मिठो लाभ लिएका छन् । सामान्य लगानीकर्ताले निकै ठूलो धोका पाउँदै आएका छन् । इन्साइडर ट्रेडिङ्गमा संग्लन दुई चार जनालाई कारवाहीको दायरामा ल्याउन सके लगानीकर्ताले निकै ठूलो राहतको सास फेर्ने सक्छन् । इन्साइडर ट्रेडिङ्गका दोषी पत्ता लगाउन सुरुवाती चरणमा निकै सजिलो छ। कम्पनीको कुनै पनि निर्णय अथवा कुनै सुचना आएको केही दिन अघिको फ्लोरसिटको अध्ययनबाट इन्साइडर ट्रेडिङ्गमा सहभागी समूहलाई सजिलै कारवाहीको दायरमा ल्याउन सकिने छ।

अर्थमन्त्रालयलाई शेयर बजारबारे सम्झाउने :
नेपालको शेयर बजारलाई फर्केर हेर्ने हो भने नेपाली लगानीकर्तालाई र नेपाली शेयर बजारलाई अर्थ मन्त्रलायले बुझ्न सकेको छैन । अर्थ मन्त्रलायले शेयर बजार नबुझेसम्म कहिले पनि शेयर बजार विकास र विस्तार हुँदैन । अर्थ मन्त्रलायलाई शेयर बजारका विभिन्न पक्षसँग अभ्यस्त बनाउन जरुरी छ। अध्यक्ष ढुंगानाले लगानीकर्ताको मनोविज्ञानलाई समेटेर अर्थमन्त्रालयलाई लगानीकर्ताको भावनाको व्याख्या गर्नु पर्ने देखिन्छ।

शेयर बजारमा केही अतिरिक्त औजार:
इण्ट्राडे कारोवार अहिले विश्व शेयर बजारमा निकै चलेको छ । एकै दिन किन बेच गर्ने कारोवारलाई ईण्ट्राडे कारोवार  भनिन्छ। अहिले नेपालमा डेलिभरी कारोवार मात्र छ,  किने पछि डिम्याटमा शेयर जाने ।

ईण्ट्राडेले  कारोवारीहरुलाई निकै खुशी बनाउँदै लान्छ र बजार पनि चलायमान हुन्छ । ईण्ट्राडेले  कारोवार पश्चात सबै भन्दा धेरै फाईदा ब्रोकरलाई हुने गर्छ ।  ब्रोकरले यस्तो कारोवारबाट निकै राम्रो र छोटो समयमा आम्दानी गर्ने गर्छन । घटिरहेको बजारबाट लाभ लिन सर्ट सेलिङ्ग जस्ता कुराले पनि लगानीकर्तालाई केही फाईदा पुग्छ ।

विदेशबाट डिम्याट खाता र ब्रोकर खाता खोल्ने व्यवस्था :
अहिले धेरै नेपालीहरु विदेशमा छन् । उनीहरु नेपाली शेयर बजारमा लगानी गर्न चाहन्छन तर विभिन्न खाता खोल्न नेपालनै आउनु पर्ने बाध्यता छ । अनलाईनबाट डिम्याट खाता खुल्ने भएपनि त्यो त्यति सजिलो छैन । ब्रोकर खाता खोल्न त झन् अप्ठेरो छ ।  विदेशमा भएका नेपालीलाई अनलाईनबाट सम्पूर्ण खाता खोल्ने व्यवस्था गर्दा बजारमा धेरै नेपाली सहभागी हुन सक्छन् । अनलाईनबाट खाता खोल्ने लगानीकर्ताको हकमा  शेयर बेचे पश्चात यदी सो रकम आफ्नो बैंकमा ट्रान्सफर  वा चेक लिने बेलामा एक पटक डिम्याट खोलेको ठाउँ र ब्रोकरमा भौतिक उपस्थीती  गर्न सकिन्छ ।  सहज रुपमा खाता खोल्न नसक्दा धेरै लगानीकर्ताहरु नेपाली शेयर बजारबाट रहर हुँदा हुँदै पनि लगानी गर्न बन्चित छन् ।

गैरआवासीय नेपालीलाई पुँजीबजारमा प्रवेश
धेरै गैरआवासीय नेपालीहरु पुँजी बजारमा सिधै लगानी गर्न चासो राखेका छन् । उनीहरुलाई नेपाली पुँजी बजारमा प्रवेश गराउन धितोपत्र बोर्डका अध्यक्षले एउटा राम्रो भूमिका खेल्न सक्छन् ।

ब्रोकर र मर्चेन्ट बैंकमा विदेशी साजेदार  :
जसरी विदेश स्थित बैंकले नेपाली बैंकमा लगानी गर्दा नेपाली बेङ्किङ्ग प्रणालीमा विदेशी प्रविधि भित्रिएको थियो त्यसरी नै नेपाली पुँजी बजारमा विदेशी प्रविधि भित्राउन अहिले संचालनमा आएका केही ब्रोकर र मर्चेन्ट बैंकमा विदेशी साझेदारी भित्राउन पहल गर्नु पर्छ। जसले गर्दा विदेशी प्रविधिसँग नेपालीको पहुँच पुग्छ ।

माथि उल्लेखित कुराहरु केही सुधारका योजना मात्र हुन् । गर्न्नु पर्ने धेरै छ हाम्रो बजारमा । तर पनि थोपा थोपा मिलेर समुन्द्र बन्छ भने झैँ सानो सानो सुधारबाट एउटा आधुनिक शेयर बजार बन्नमा सहयोग पुग्ने छ । सिमित व्यक्तिको हातमा रहेको नेपाली शेयर बजारलाई माथि ल्याउनु छ ।  प्रविधिको विकाससँगै नेपाली शेयर बजार सिमित व्यक्तिको हातबाट बाहिर जाने छ।

नेपाली शेयर लगानीकर्ताले अहिले आफ्ना साथीभाईको अघि  “म शेयर बजारमा काम गर्छु” भन्न सक्दैनन् । यसको कारण हो भद्रगोल नेपाली शेयर बजार ।

नेपाली पुँजी बजारको अभिभावक धितोपत्र बोर्डका अध्यक्षलाई सबैले कुरेर बसेका छन् । जसरी घरमा आमा बुवा आउँने बेलामा केटा केटीहरु केही खाने कुरा अथवा खेलाउने कुरा आउँदै छ भनी आशा लिएर बसेका हुन्छन त्यसरी नै अहिले नेपाली लगानीकर्ताहरु पनि पुँजी बजार विकासको आशा लिएर बसेका छन् । छिट्टै नै लगानीकर्ताको मुहारमा खुशी आउने छ। छिट्टै नै लगानीकर्ता हास्न सिक्ने छन् त्यो हाँसो निकै लामो समय देखी खै कता हराएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS