IME Life
Beema Board

‘२५ हजार कर छुटको उपयोग गर्न जीवन बीमा गरौं’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यतिबेला आर्थिक वर्ष सकिनै लागेको छ । न्यूनतम सिलिङ्भन्दा बढि तलव बुझ्ने कर्मचारीहरुको लागि कर बुझाउने टेन्सन पनि उत्तिकै छ । यसै सन्दर्भमा जीवन बीमा कम्पनीहरुले मासिक ३० हजारभन्दा बढि तलव खाने कर्मचारीहरुलाई फोकस गर्दै जीवन बीमा प्रोडक्टको बजार प्रबद्र्धन गरिरहेका छन् ।

न्यूनतम् सिलिङभन्दा माथि तलव हुने कर्मचारीहरुले तलवको न्यूनतम १० प्रतिशतदेखि माथि कर नेपाल सरकारलाई बुझाउनुपर्ने हुन्छ । तर, जीवन बीमा गरेको रहेछ भने त्यस्तो बचतलाई नेपाल सरकारले बार्षिक २५ हजार रुपैयाँसम्मको बीमा प्रिमियममा बुझाउन छुट दिने व्यवस्था गरेको छ । मासिक ३०,७०० (करिब) तलव खाने कर्मचारीले दशैं पेश्की समेत बुझ्दा करिब चार लाखको सिलिङ पूरा हुन्छ । सो भन्दा माथि तलव बुझेमा थप एक लाखसम्म १० र अर्को एक लाखसम्म २० प्रतिशत कर कट्टा गरी राज्यकोषमा दाखिला गर्नुपर्दछ । तर, जीवन बीमा गर्दा २५ हजार रुपैयाँको कर तिर्नु नपर्ने व्यवस्था छ । अर्थात थप बार्षिक २५ हजारको बीमा शुल्क बुझाउने रकम कटाएर बाँकी आम्दानी रकमको मात्रै कर तिरै हुन्छ ।

Prabhu
Crest

सिलिङभन्दा बढि तलव खाने जोसुकै कर्मचारीले जीवन बीमा गर्दा एकातिर कर छुट पाउँदछन् भने अर्कोतिर बीमा कम्पनीले बोनस (ब्याज) सहित रकम फिर्ता गर्ने गर्दछन् । अर्को फाइदा मानिसको जोखिम बहन त छदैछ । न्यूनतम सिलिङ नजिक पुगेकाहरुले समेत यस्तो बीमा अहिलेदेखि नै गर्दा तेहेरो फाइदा हुने हुँदा यसतर्फ आकर्षण बढ्दै गएको एसिशन लाईफका एजेन्सी राजु शाह बताउँछन् ।
हुन पनि कर्मचारीहरुले जीवन बीमा गर्दा सरकारलाई तिर्नुपर्ने महंगो करबाट उन्मुक्ति, बीमा कम्पनीले बोनससहित रकम फिर्ता र कुनै कारणबश मृत्यु भएमा आश्रित परिवारले आर्थिक राहत प्राप्तिसहित तेहेरो सुविधा पाउँदछन् ।

जीवन बीमा कम्पनीहरु साढे दुई लाख देखि पाँच लाख बीमाङ्क रकमको बीमा पोलिसी सरकारी तथा निजि कम्पनीमा कार्यरत कर्मचारीहरुलाई बिक्री गर्न आफ्नो ध्यान केन्द्रीत गरेका छन् । महालक्ष्मी लाईफका एजेन्सी म्यानेजर युवराज बाँस्तोलाले २५ हजार कर छुटको आकर्षणका कारण पनि बीमा पोलिसी खरिद गर्नेहरु बढेको बताउँछन् । बाँस्तोलाका अनुसार कर छुट पाउनकै लागि मात्रै नभएर आर्थिक लाभ र जोखिमको रक्षावरणको लागि जीवन बीमा गर्नेहरु आकर्षित भएको बताउँछन् । बास्तोला भन्छन्, ‘२५ हजार कर छुटको उपयोग गर्न जीवन बीमा गरौं’ भन्न अभियान नै चलाएका छौं ।

उता, नेपाल लाईफ इन्स्योरेन्सले आयकर सिलिङमा २५ हजार थप आयमा कर छुट पाउने सम्बन्धी व्यवस्थालाई अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ । नेपाल लाईफका अभिकांश एजेन्सीहरुले सामाजिक सञ्जालमा २५ हजार कर छुटको उपयोग गर्न जीवन बीमा गरौं लेखिएको ब्यानरहरु टाँगिएका छन् । नेपाल लाईफकी एजेन्सी म्यानेजर सुजाता कार्कीले कर छुटले केही सजिलो भएपनि रकम थोरै भएकोले पर्याप्त हुन नसकेको बताइन् । अभियानको रुपमा सञ्चालन गर्दा धेरै मानिसहरुले चासो राखेको उनको भनाई छ । साथै उनले नेपाल लाईफले अभियानकै रुपमा जीवन बीमा गर्दा २५ हजार रुपैयाँ बराबरको आयमा कर छुट पाइने विषयलाई डिजिटल माध्यमबाट प्रचार गरिरहेको बताईन् ।

लकडाउनकै बीचमा जीवन बीमा कम्पनीहरु आक्रामक व्यापारमा उत्रिएपछि अभिकर्ताहरु पनि आक्रामक रुपमा विभिन्न स्कीम लिएर सेवाग्राही माँझ पुगिरहेका छन् । सेवाग्राही माँझ जाँदा लैजाने उपयुक्त स्कीमको रुपमा २५ हजार रुपैयाँ थप आयमा पाइने कर छुट परेको छ । हाल सबैभन्दा बढि थप २५ हजार आयमा कर छुट पाइने स्कीम प्रयोगमा आएको अधिकांश बीमा अभिकर्ताहरु बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS