IME Life
Beema Board

ज्योति माविका १६ जना निजि स्रोतका शिक्षकको जीवन बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मकवानपुरको हर्नामाडीमा रहेको रहेको ज्योति माविमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने विद्यालयको निजि स्रोतमा कार्यरत १६ जना शिक्षकको जीवन बीमा गरिएको छ ।

हेटौडा उपमहानगरपालिका वडा नं १८ मा रहेको ज्योति माविले आफ्नै स्रोत परिचालन गरी अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । सामुदायिक विद्यालयमा कार्यरत स्रोतका शिक्षकको आत्मबल बढाउन विद्यालय व्यवस्थापन समितिले छ वटा विभिन्न बीमा सुविधा सहित एक लाख बीमाङ्कको जीवन बीमा गराएको हो ।

Prabhu
Crest

सो विद्यालयले सिटिजन लाईफमा जीवन बीमा गराइएको विद्यालयका प्रध्यानाध्यापक जयराम थापाले बताए । विद्यालयकै आयस्रोतबाट बीमा शुल्क भुक्तानी गर्ने गरी प्रत्येक शिक्षकको न्युनतम एक लाख बराबरको सिटिजन लाइफ शुभारम्भ जीवन वीमा गरिएको हो । साथै विद्यालयले दुर्घटना, पुर्ण अंगभंग सहित ६ वटा अतिरिक्त सुबिधा सहितको जीवन वीमा गराएर शिक्षकहरुलाई पठनपाठनमा उच्च मनोबलका साथ लाग्न प्रेरित गरेको प्रधानाध्यापक थापाले बताए ।

सिटिजन लाईफ इन्सोरेन्स कम्पनीका क्षेत्रीय शाखा प्रमुख शिव कुमार कार्कीले व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेललाई विद्यालयमै पुगेर बीमा पोलिसी हस्तान्तरण गरेका छन् । ज्योति मावि मकवानपुरकै गुणस्तरीय शिक्षाको लागि प्रख्यात सामुदायिक विद्यालय हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS