IME Life

शेयर बजार बन्द गर्नु बजारकै मान्यता विपरित, लगानीकर्तालाई धोका भयो ! माधव पाण्डेयको लेख

SPIL
NIC ASIA

शेयर बजारलाई तरल बजारका रुपमा लिइन्छ । शेयर लगानीकर्तापनि आफुलाई रकम आवश्यक हुँदा सजिलै र छिटो रुपमा शेयर बेचेर रकम जोहो गर्न सकिन्छ भन्ने बिश्वासमा लगानी गर्ने गर्दछ्न् । शेयरमा गरिने लगानी लगानीकर्ताको तरल सम्पत्ति जस्तै हो । हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा कमि आएको अनुमान गर्न सकिन्छ । कतिपय मुलुकले लामो समय र कतिपय मुलुकले छोटाे समय लकडाउन गरेता पनि लकडाउन नै उत्तम विकल्प र कोरोना संक्रमणसँग लड्न मिल्ने पूर्ण औजार होइन भनेर सबैले बुझ्न थालेका छन् । सामाजिक दुरी, व्यवस्थित कोरोना परिक्षण र संक्रमितको उचित व्यस्थापनले कोरोनासँगको लडाई जित्न सकिने कुरा धेरै देशले बुझ्दै आएका छन् ।

सम्भवत कोरोनाका कारण प्रभावित राष्ट्रको सूचीमा नेपाल अरु देश भन्दा धेरै पछाडी (७१ स्थानमा ) होला तर शेयर बजारलाई आधार मान्दा नेपालको शेयर बजारलाई कोरोनाको ठूलो प्रभाव परेको छ।

Prabhu
Crest

सबैलाई थाहा भएकै कुरा हो आर्थिक गतिविधिको प्रभावबाट शेयर बजार पनि प्रभावित हुने गर्दछ तर यस महामारी फैलिएका प्राय मुलकले लकडाउन गरे पनि शेयर बजार बन्द गरेनन् । लगानीकर्तालाई आवश्यक परेको बेला तरलता उपलब्ध गराउने उद्देश्यले नै दोश्रो बजारको सुरुवात भएकोमा महामारीमा पनि धेरै जनतासँग रकमको अभाव नहोस र अर्थतन्त्र चलायमान होस् भन्ने कारणले प्राय मुलकमा शेयर बजार बन्द भएको छैन ।

कोरोनाका कारण प्रभावित राष्ट्रको सूचीमा नेपाल अरु देश भन्दा धेरै पछाडी (७१ स्थानमा ) होला तर शेयर बजारलाई आधार मान्दा नेपालको शेयर बजारलाई कोरोनाको ठूलो प्रभाव परेको छ। कोरोना संक्रमणको सुरुवात भएको देश चीनको शेयर बजार खुल्ला छ , कोरोना भाइरसको निकै धेरै संक्रमण भएको अमेरिकामा पनि शेयर बजार खुल्ला छ र हाम्रो छिमेकी मुलूक भारतमा पनि शेयर बजार खुल्ला छ।

लकडाउन लम्बिदै जाँदा जनस्तरबाट व्यापक बिरोधका साथ नागरिकले लकडाउन उलंघन गर्नेको संख्या दिन प्रति दिन वृद्धि हुँदै गयो त्यसपछि सरकार पछि हट्दै लकडाउन  खुकुलो गर्न बाध्य भयो । सरकारको पछिल्लो कदमले धेरै क्षेत्र खुल्ला हुन थालेका छन् बजारमा चहलपहल बढेकाे छ । हप्तामा केही दिन मात्र खुल्ने बैंकका शाखाहरु अब दिन दिनै खुल्न थालेका छन् ।  हामीले हेर्दा सार्वजनिक यातायात बाहेक सम्पूर्ण क्षेत्रमा चलहपहल राम्रै देखिएको छ र यस्तो अवस्थामा शेयर बजार बन्द गरिराख्नु भनेको दोश्रो बजारको मान्यताको विपरित हो।

नेपालको शेयर बजार विश्व कै शेयर बजार खुल्ला हुँदा पनि करिब तीन महिना बन्द रहेको छ ।  यहाँ त चैत ९ गतेको आसपासका कारोबार पनि पूर्ण राफसाफ हुन सकेको छैन् । चैत ९ गते शेयर बेच्नेले समयमै भुक्तानी पाएका  छैनन्  भने चैत मसान्तमा बैंकमा व्याज तिर्नुपर्ने भए १० प्रतिशत छुटको अवसरबाट बन्चित भएका छन्  । त्यस्तै  बिक्री गरेको शेयर खातामा पनि छैन र तिनै लगानीकर्ताले शेयर बेचेको रकम भुक्तानी पनि पाएका छैनन् , सो रकम कुन समयमा भुक्तानी पाउने भन्ने पनि अन्योलता  छ । कर्जा लिनेहरु बेचेको शेयरको पनि करिब ३ महिना व्याज तिर्न बाध्य छन्  ।

हाल हाम्रो बजारमा नेपाली नागरिकले मात्र शेयर बजारमा लगानी गर्ने पाए पनि विदेशमा बस्ने नेपाली पनि कारोबार गर्ने गर्दछन् । पूर्ण स्वचालित अनलाइन नभए पनि उनीहरुले कारोबार गर्दै आएका छन् । शेयर  कारोबार गर्न ब्रोकर कै कार्यलय जानुपर्छ भन्ने छैन अहिले पनि धेरै लगानीकर्ता दैनिक ब्रोकरको कार्यालयमा नगएरपनि  कारोबार गर्ने गर्छन  ।

नेपाल स्टक एक्सेञ्ज बजार खोली कारोबार गर्न तयार भए पनि धितोपत्र बोर्ड बजार के गर्ने भन्ने अन्योलतामा रहेको अनुमान गर्न सकिन्छ।  नेपालको शेयर बजारको धरातल र नियामक निकायको निर्णय गर्न सक्ने क्षमता कोरोना संक्रमणले प्रष्ट पारेको छ । जति दिन बन्द भए पनि लगानीकर्तालाई र अर्थतन्त्रलाई कुनै फरक नपर्ने अनुमानसँगै  धितोपत्र बोर्डले बजार खोल्न कुनै ठूलो कसरत गर्न सकको छैन । लकडाउनमा यतिका समय बन्द हुँदा समेत नेपाली दोश्रो बजार पूर्ण स्वचालित हुन नसक्नुले पनि नेपालको अन्लाईन प्रणाली कति कमजोर छ भन्ने कुराको आकँलन सजिलै गर्न सकिन्छ । नेपालको शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले नेप्से, अन्लाईन कारोवार प्रणाली निर्माण गर्ने कम्पनी र ब्रोकरहरुलाई दवाव दिन नसकेको देखिन्छ । पूर्ण अन्लाईन प्रणाली बनाउन सहयोग नगर्ने पक्षलाई धितोपत्रले कारवाही गर्ने सकेको छैन ।

शेयर बजार भनेको खोला हो , पोखरी होइन।  सधै खोलालाई रोकेर राख्छु भन्दा एक दिन त्यो खोला मानव वस्तीमा गएर मानिसलाई क्षति पुर्याउन सक्छ।

बजार उतारचढाव सामान्य कुरा हो । तीब्र उतारचढावमा नियामक निकायले ध्यान दिनुपर्ने हुन्छ । बजार खोल्न पहल गर्दै बजार चलायमान गर्ने र बजार सुधार गर्दै जानू नै नियामक निकायका पदाधिकारीको जिम्मेवारी हुन्छ ।

कसरी धेरै भन्दा धेरै लगानीकर्तालाई बजारमा सहज हिसाबले कारोवार गराउन सकिन्छ भन्ने समाधान उहाँहरुले दिनुपर्ने हुन्छ । बिषम परिस्थितिमा शत प्रतिशत लगानीकर्ताको सहभागी सम्भव नहोला तर पनि शेयर कारोवार गर्न खोज्ने लगानीकर्तालाई नियामक निकायले सकेसम्म सहज अवस्थाको निर्माण गर्नु पर्छ । नेतृत्वको परिक्षा नै विषम परिस्थितिमा हुने हो ।

उता कतिपय लगानीकर्ताहरु अहिले बजार खोले घट्न सक्ने हुँदा सहुलियत र राहत प्याकेज बिना बजार खोल्न नहुने तर्क गर्छ्न । अब एउटा प्रश्न आउँछ, के बजार बन्द गरेर मात्र लगानीकर्तालाई राहतका कार्यक्रम आउने होर ?  यो अवस्थामा लगानीकर्ता संघले उठाएका माग जायज छन्।  यी माग संगै पहिलो माग बजार यथाशीघ्र खुल्ला हुनेपर्छ भन्ने मेरो मान्यता रहेको छ । राहत नआएसम्म शेयर बजार बन्द हुने प्रचलन कतै पनि छैन।  शेयर बजार भनेको खोला हो , पोखरी होइन।  सधै खोलालाई रोकेर राख्छु भन्दा एक दिन त्यो खोला मानव वस्तीमा गएर मानिसलाई क्षति पुर्याउन सक्छ । बजार खुल्ला गरेर लगानीकर्ता संगै बजार पनि चलायमान गर्नु पर्छ । अहिले बजार पनि बन्द छ र लगानीकर्ता पनि निष्क्रिय छ्न । यो आफैमा राम्रो होइन । समस्या धेरै होलान तर समाधान पनि निकाल्न नसकिने पनि होइन । हरेक कुरामा विकल्प समयमै खोज्नु पनि उचित समाधान हुन सक्छ ।

लेखक पाण्डेय बुटवलका सक्रिय शेयर लगानीकर्ता हुन् । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS