IME Life
Beema Board

अमेरिकी दंगा फसादमा २५ मिलियन डलर सम्पत्ति बीमा दावी पर्ने अनुमान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत जेठ १२ गते अमेरिकी प्रहरी अधिकारीले अश्वेत जातिका अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्यापछि लगातार हिंसात्मक प्रदर्शन र लुटपाट जारी छ । घटनापछिको पहिलो साता अमेरिकाको कैयौं शहरमा कफ्र्यु तोडेर विशाल प्रदर्शन, आगजनी, तोडफोड र लुटपाटका घटनाहरु भएका थिए । पछिल्ला केही दिनदेखि शान्तिपूर्ण आन्दोलन भने जारी छ ।

जर्ज फ्लोयडको हत्यापछि उठेको रंगभेदविरुद्धको आन्दोलनमा करिब २५ मिलियन बराबरको सम्पत्ति बीमा दावी पर्ने अनुमान एक अमेरिकी संस्थाले गरेको छ । सो अनुमानभित्र सवारी साधनको बीमा दावी रकम थप गरिएको छैन । इन्स्योरेन्स इन्फर्मेशन इन्स्टीच्यूटका अनुसार यस पटकको अमेरिकामा भएको दंगाफसादमा २५ मिलियन बराबरको दावी पर्ने अनुमान गरिएकोा छ । मेको अन्तिम सातामो भएका घटनाहरुमा दर्जनौं कम्पनीमाथि बीमा दावीको भार पर्ने मार्केटवाचले जनाएको छ । विभिन्न अमेरिकी समाचार संस्थाहरुका अनुसार एउटै आगोलागी तथा लुटपाटका घटनामा नेपाली रुपैयाँ पाँच करोडमाथि बीमा दावी पर्ने अनुमान गरिएको छ ।

Prabhu
Crest

अमेरिकामा भएको आगजनी, तोडफोड र लुटपाटलाई विरलै हुने मानव सिर्जित विपत्तिको संज्ञा दिइएको छ । केही अर्थविदहरुले भने २५ मिलियनको अनुमान सारै न्यून भएको समेत बताएका छन् । हालसम्म पनि प्रदर्शन जारी रहेको अवस्थामा आधिकारिक तथ्याङ्क सार्वजनिक भइसकेको छैन । अमेरिकामा व्यापार व्यवसाय गर्दै आएका कैयौं मानिसका करोडौंको सम्पत्ति एकै रातमा खरानी हुन पुगेको थियो भने करोडौं लगानीमा खोलिएका डिपार्टमेन्टल स्टोर एकै रातमा रित्तो हुन पुगेका थिए ।

A Los Angeles Police Department kiosk is seen ablaze in The Grove shopping center during a protest over the death of George Floyd, Saturday, May 30, 2020, in Los Angeles. Protests were held in U.S. cities over the death of Floyd, a black man who died after being restrained by Minneapolis police officers on May 25. (AP Photo/Mark J. Terrill)

लुटपाटमा परेका कैयौं स्टोरहरु ब्राण्डेड कम्पनीका आउटलेटहरु समेत छन् । जसको बीमा दावी निकै महंगो पर्ने अनुमान गरिएको छ । लुटपाटमा आईफोनको स्टोर समेत परेको छ । आईफोनको स्टोरबाट हजारौं फोनहरु लुटिएका थिए । आईफोनले लुटिएका फोनहरु इन्टरनेटबाट ट्राकिङ गर्ने तथा आईक्लाउड लक गर्ने कार्य भइरहेको जनाएको छ । त्यस्तै प्रख्यात जुत्ता कम्पनी एडिडासको स्टोरमा समेत लुटपाट भएको छ । महंगा फोन, ल्यापटप, लत्ताकपडाका स्टोरहरुमा धेरै लुटपाटका घटनाहरु भएका छन् । ति सबै जोखिमको दायित्व बीमा कम्पनीमाथि पर्दछ ।

सम्पत्ति दावी सेवा कम्पनीका प्रमुख टम जहानेमेयरका अनुसार अमेरिकाका विभिन्न राज्यहरुमा दंगाफसाद र लुटपाटहरु अझै जारी रहेका छन् । उनले २५ मिलियन डलरको दावी पर्ने अनुमान सारै न्यून हुनेसक्ने कुरामा जोड दिँदै तीन साताभित्रमा कम्पनीले क्षतिको विवरण तयार पार्ने जनाएका छन् । जोहान्समेयरका अनुसार अटो बीमाको दावी पनि ठुलो रकम पर्नेछ ।


अमेरिकामा यस पटक भएको घटनालाई बीमा क्षेत्रमा विश्वकै ठूलो मानव सिर्जित विपत्तिको संज्ञा दिएका छन् । यस पटकको अमेरिकी दंगाफसादले आगामी कैयौं वर्षसम्म साना उद्यमीहरुले समेत हजारौं रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नुपर्ने अनुमान गरिएको छ । अमेरिकामा दावी भुक्तानीको आधारमा अर्को वर्षको बीमा शुल्क निर्धारण हुने हुँदा यस पटकको दावीले कैयौं वर्षसम्म बीमा शुल्क महंगो पर्ने बीमा बिज्ञहरुले औल्याइरहेका छन् ।

अमेरिकामा सन् १९९२ मा यस्तै मानव सिर्जित जातीय दंगाफसाद हुँदा ७७५ मिलियन बीमा दावी परेको इतिहास छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS