IME Life

कोरोना बीमा स्थगित गर्न बीमा समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै कोरोना बीमा स्थगित गर्न निर्देशन दिएको छ । यससँगै भोलिबाट कोरोना बीमा औपचारिक रुपमा बन्द भएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै कम्पनीहरुलाई आन्तरिक निर्देशन दिँदै बीमक संघको पत्रको आधारमा कोरोना बीमा स्थगित गर्न निर्देशन दिएको हो । बीमा समितिले यही जेठ २३ अर्थात भोलिदेखि नै लागू हुने गरी कोरोना बीमा स्थगित गर्न निर्देशन दिएको छ । हालसम्म करिब तीन लाख जनताको कोरोना बीमा गरिसकेको अवस्थामा स्थगित गर्ने निर्णय गरेको हो । बीमा गरिसकेकाको दायित्व वहन गर्ने गरी थप बीमा नगर्न भनेको हो ।

Prabhu
Crest

बीमा समितिले सरकारले समेत बीमा गर्ने भन्दै बजेट बक्तव्यमा व्यवस्था गरेको तथा कम्पनीहरुले दायित्व धान्न सक्ने अवस्था नरहेकाले कोरोना बीमा केही समयको लागि स्थगित गर्नु परेको जनाएको छ । बीमा समितिले स्रोतका अनुसार सरकार ब्याकअप बसेको अवस्थामा वा पुनर्बीमा कम्पनी व्यवस्था गर्न सकेको अवस्थामा कोरोना बीमा पुनः सुचारु गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS