IME Life

कोरोना बीमाबाट १५ करोड बीमा शुल्क संकलन, दुई लाख ७२ हजार मानिसको रक्षावरण

SPIL
NIC ASIA

काठमाडौं । कोरोना महामारीबाट जनतालाई राहत सरकारले अघि सारेको कोरोना बीमा बापत करिब १५ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । नेपाल बीमक संघले बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमा शुल्क दैनिक करिब आधा करोडका दरले बीमा शुल्क संकलन हुँदै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार दुई लाख ७२ हजार ७४४ जनाले कोरोना बीमा गराएका छन् । सो बापत १४ करोड ७१ लाख ६२ हजार १९५ रुपैयाँ बीमा शुल्क बापत आम्दानी भएको छ ।

गत शुक्रबारसम्म १९ वटा कम्पनीले कूल १३ करोड ९१ लाख ६२ हजार १९५ रुपैयाँ कोरोना बीमा पोलिसी बिक्री गरी बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीले हालसम्म ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको सो कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्यले इन्स्योरेन्स खवरलाई जानकारी दिए । राष्ट्रिय बीमा कम्पनीले मात्रै १४ हजार जनाको कोरोना बीमा गराएको छ । दुवै तथ्याङ्क जोडेर कूल करिब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन भइसकेको छ ।

Prabhu
Crest

हालसम्म शिखरले दुई करोड ८२ लाख ४७ हजार ४०० रुपैयाँको कोरोना बीमा पोलिसी बिक्री गरेर पहिलो स्थानमा छ भने दोस्रोमा सिद्धार्थ इन्स्योरेन्स छ । सो कम्पनीले कूल एक करोड १७ लाख ९५ हजार रुपैयाँ कोरोना बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै सगरमाथा इन्स्योरेन्सले एक करोड दुई लाख रुपैयाँ भन्दा बढि कोरोना बीमा शुल्क आर्जन गरेको छ । नयाँ बीमा कम्पनी अजोडले पुराना कम्पनीहरुलाई उछिन्दै ८४ लाख रुपैयाँ कोरोना बीमाको व्यापार गर्न सफल भएको छ ।

बीमा कम्पनीहरुले जति बीमा शुल्क आर्जन गरेपनि जोखिम र बीमा शुल्क आम्दानी सबै कम्पनीलाई चार प्रतिशत पाउनेछन् । कोरोना बीमाको २० प्रतिशत पुनर्बीमा कम्पनीले दायित्व बहन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS