IME Life

सलहको कारण भारतमा अर्बौको बीमा दावी पर्दै,नेपालमा के होला ?

SPIL
NIC ASIA

काठमाडौं । भारतका पाँच वटा राज्यमा फैलिएको सलहबाट अबौं रुपैयाँको कृषि उत्पादनमा क्षति पुर्याएको छ । भारतीय बीमा कम्पनीहरुले अबौं रुपैयाँको कृषि बीमा बापतको दावी भुक्तानी गर्नुपर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपि सलह अझै फैलने क्रममा रहेकोले कति दावी भुक्तानी पर्दछ भनेर अनुमान गर्न नसकिएको एक जना भारतीय पुनर्बीमा कम्पनीका अधिकारीले जनाएका छन् ।

सलह करोडौं किराहरुको बथान हो । यसले आफ्नो यात्राको क्रममा भेटेका सबै हरियो वनस्तपति खाएर नष्ट गरिदिन्छ । बोटविरुद्ध, रुखका पात, अन्न, बाली, फलफूल र सागबस्ती र झार समेत जमिनमा भएका हरियो सबै खाएर नष्ट गरिदिने हुँदा अन्नको महासंकट निम्तयाउने किरा हो सलह । कोरोना महामारीसँग जुधिरहेको भारतमा अहिले सलहको अर्को महामारी सुरु भएको छ । सहल भारतको पाँच वटा राज्यमा फैलिएको छ । सलहले स्थानीय किसानले लगाएको तरकारी, फलफूल अन्ना तथा बोटविरुद्ध खाएर सखाप पार्दै अघि बढेकोछ ।

Prabhu
Crest

विश्वकै खतरनाक किराहरुको आतंक भनेर चिनिएको सलहको प्रकोपका कारण यसवर्ष अबौं टन खाद्यान्न उत्पादन न्यून हुने चेतावनी भारतीय विज्ञहरुले दिइसकेका छन् । भारतको गुजरात, उत्तर प्रदेश, मध्यप्रदेश लगायतका क्षेत्रमा सलह किराले आतंक मच्चाउँदै हजारौं हेक्टर जमिनमा लगाइएको बालीनाली, बोटविरुद्ध नष्ट गरेको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाईम्सले जनाएको छ । समाचार अनुसार भारतका महाराष्ट्र, मध्यप्रदेश, उत्तर प्रदेश, गुजरातका करिब १०० वटा जिल्लामा सलहको प्रकोप देखिएको छ ।

सलह किरा आजबाट नयाँदिल्ली र कर्णाटक क्षेत्रमा प्रवेश गर्न सक्ने भन्दै उच्च सतर्ककता अपनाइएको छ । हालसम्म सो किराले ५० हजार हेक्टरमा लगाइएको बालीनाली नष्ट गरिसकेको अलजजिराले जनाएको छ । त्यस्तै पाकिस्तानमा पनि बितण्डा मच्चाइरहेको अर्को करोडौंको संख्यामा रहेको सहलको समुह भारततर्फ अघि बढेकाले सलहले यस वर्ष भारतमा खर्बौको क्षति पुर्याउने अनुमान गरिएको छ ।

सलहको प्रकोपबाट यस वर्ष भारतमा अर्बौ रुपैयाँको बीमा दावी पर्ने अनुमान गरिएको छ । यद्यपि सलहले पार्ने क्षति नै यकिन नभइसकेको अवस्थामा बीमा दावीको अनुमान गर्नु हतार हुनेछ । तर, ठूलै मूल्यको बीमा दावी पर्ने एक पुनर्बीमा बिज्ञले बताए । मलेसियामा रहेको सिनर्जी रि इन्स्योरेन्समा कार्यरत रही भारतको मुम्वईमा बस्दै आएका पुनर्बीमा बिज्ञ विवेभ के नायकले सलहले भारतमा ठूलो क्षति पुर्याउने र बीमा दावी ठूलै रकमको पर्ने बताए । सो सम्बन्धमा बीमा कम्पनीहरुले अध्ययन सुरु गरिसकेको समेत उनको भनाई छ ।

भारतमा सन् १९९३ पछिको सबैभन्दा ठूलो सहल यस वर्ष आएको हो । सलह नियन्त्रण गर्न भारत सरकारले हेलिकोप्टर, ट्याक्टर र अन्य उपकरणबाट विषादी छर्ने काम भइरहेको जनाएको छ । सलह किराले जंगल, शहर, बस्ती, खेतबारी सबैमा एकै पटक ढाकेर नष्ट गर्दै अघि बढेका कारण नियन्त्रण चुनौतिपूर्ण बनेको छ ।

भारतमा खर्बौं बीमाङ्कको बाली बीमा हुने गर्दछ । भारतमा विभिन्न बाली बीमा योजनाहरु सञ्चालनमा छन् । राष्ट्रिय कृषि बीमा योजना, प्रधानमन्त्री फसल बीमा योजना, अन्य कृषि बीमा योजना, नविवल पाम बीमा योजना, वेदर वेस कृषि बीमा योजना लगायतका बीमा योजना अन्तर्गत किसानले बीमा गराएका छन् ।

भारतमा प्रधानमन्त्री फसल बीमा योजना अन्तर्गत जम्मा २ प्रतिशत बीमा शुल्क तिरेर किसानलाई बाली बीमा गर्ने सुविधा छ । सन् २०१३ मा मोदी प्रधानमन्त्रीमा नियुक्त भएपछि सुरु भएको यो बीमा योजनामा करोडौं भारतीय किसानहरु आबद्ध छन् ।

भारतीय बीमा कम्पनीहरुले सन् २०१८ देखि नै कृषि बीमाबाट उच्च घाटा व्यहोर्दै आएको तथ्याङ्क छ । प्रधानमन्त्री फसद बीमा योजनाले पछिल्लो तीन वर्षदेखि ७० प्रतिशतभन्दा माथि बीमा दावी भुक्तानी गर्दै आएको छ भने केही कृषि बीमामा शतप्रतिशतसम्म बीमा दावी परेका छन् । यस वर्षको सलहका कारण भारतीय बीमा कम्पनीहरुले गम्भिर अवस्थाको सामना गर्न सक्ने देखिएको छ ।

सलह नेपालसम्म आईपुगेमा त्यसले नेपाली बीमा क्षेत्रमा ठूलो क्षति पुर्याउने सक्ने युनाईटेड इन्स्योरेन्सका डेपुटी सिईओ रमेश कुमार भट्टराईको अनुमान छ । जमिनका हरिया सबै सखाप पार्ने हुँदा नेपाली किसानहरुको बाली, फलफूल, केरा खेतीमा ठुलै रकमको बीमा दावी पर्न सक्ने डेपुटी सिईओ भट्टराईको अनुमान छ । भारतले नियन्त्रणको लागि हरसम्भव प्रयासहरु गरिरहेकोले अहिले नै नेपालसम्म आईपुग्छ भनेर आत्तिनु पर्ने अवस्था भने छैन ।

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS