IME Life
Beema Board

प्रभु इन्स्योरेन्सको यस्तो देखियो तेस्रो त्रैमास

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा १५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले गत बर्षको सोहि अवधिमा १४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । कम्पनीको नाफा गत बर्षको तुलनामा १ करोड २० लाख रुपैयाँले बढी हो ।

Prabhu
Crest

कम्पनीले चैत मसान्तसम्ममा ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीले गत बर्षको सोहि अवधिमा ३९ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ करोड ८५ लाख रुपैयाँले बढी हो ।

त्यस्तै,कम्पनीले समिक्षा अवधिमा ५० हजार ७ सय ७७ वटा बीमालेख जारी गरेर एक अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन सकलन गर्न सफल भएको छ ।चैत मसान्तसम्ममा कम्पनीले कुल ५ हजार ६ सय ६५ वटा बीमा दाबी वापत ५६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ३ लाख रुपैयाँ रहेको । समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वर्षिक २० रुपैयाँ २० पैसा, प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS