IME Life
Beema Board

बीमा समितिद्वारा ३०० वटा सवारी पास वितरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार बीमा समितिले बीमा कम्पनीहरुलाई ३०० वटा सवारी पास वितरण गरेको छ । लकडाउनको अवधीमा अत्यावश्यक सेवा अन्तर्गतका बीमा कम्पनीका दैनिक कार्यालय सञ्चालन गर्न कूल क्षमताको एक चौथाई सवारी साधनलाई पास उपलब्ध गराइएको समितिका उपनिर्देशक निर्मल अधिकारीले बताए ।

Prabhu
Crest

कतिपय बीमा कम्पनीहरु अझै पास लिन गइसकेका छैनन् । केही कम्पनीहरुले ‘वर्क फ्रम होम’ अझै कार्यान्वयमा ल्याएका कारण पास वितरण कम भएको हो । नेपालमा सञ्चालित ४० वटा बीमा कम्पनीमा सयौं सवारी साधन छन् । हालसम्म ३०० वटा सवारी साधनका लागि पास वितरण गरिएको र अझै बाँकीलाई आफ्नो विवरण पठाउन भनिएको छ ।

सरकारले गत शुक्रबारदेखि सबै बीमा कम्पनीलाई एक तिहाई कर्मचारीमार्फत आंशिक कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । बीमा समितिले एक तिहाई कर्मचारीलाई कार्यालयमा ल्याउन सम्पूर्ण सवारी साधनको विवरण लिएर एक चौथाई सवारी साधनलाई पास उपलब्ध गराइएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS