IME Life
Beema Board

५१ हजार जनाले पौने तीन करोडको कोरोना बीमा गराए, राष्ट्रिय बीमा कम्पनीद्वारा १६ लाखको कोरोना बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना बीमा गराउनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । हालसम्मको तथ्याङ्क अनुसार कूल ५१ हजार भन्दा बढिले पौने तीन करोडको कोरोना बीमा गराएका छन् । नेपाल बीमक संघको नेतृत्वमा बीमा पुल मार्फत सञ्चालन गरिएको सो बीमामा राष्ट्रिय बीमा कम्पनीले तीन हजार पाँच सयभन्दा बढि मानिसले १६ लाख ४१ हजार रुपैयाँको बीमा गराएको सो कम्पनीले जनाएको छ ।

बीमा पुलमार्फत प्राप्त तथ्याङ्क अनुसार आइतबार साँझसम्म ४७ हजार ६९९ जनाले दुई करोड ५८ लाख ९७ हजार ३४० रुपैयाँ खर्च गरेर कोरोना बीमा गराएको छ । सो तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीको विवरण समावेश छैन । राष्ट्रिय बीमा कम्पनीसहितको तथ्याङ्क समावेश गर्दा कूल दुई करोड ७५ लाख भन्दा बढिको कोरोना बीमा पोलिसी बिक्री भइसकेको छ । राष्ट्रिय बीमा कम्पनीले कोरोना बीमा गराउने क्रम जारी रहेको जनाएको छ । सिईओ डिल्ली अर्यालका अनुसार करिब तीन हजार पाँच सय जनाले कोरोना बीमा गराइसकेका छन् ।

Prabhu
Crest

कोरोना बीमा हाल विश्वभरि फैलिइरहेको कोरोना महामारी विरुद्ध बीमा समिति र बीमक संघले संयुक्त रुपमा अघि सारेको बीमा पोलिसी हो । बीमाको सिद्धान्त अनुसार क्षति भएकोमा दावी भुक्तानी गर्ने भएपनि कोरोना बीमा पोलिसी क्षतिको सिद्धान्तमा आधारित नभई कोरोना पोजेटिभ पुष्टि हुने वित्तिकै पाइने पूर्व तयारी खर्च बापतको भुक्तानी हो । विश्वकै बीमा इतिहासमा अण्डरराईटिङ नहुने दुर्लभ बीमा मध्येमा कोरोना बीमा पर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS