IME Life
Beema Board

तेस्रो त्रैमासमा एभरेष्ट इन्स्योरेन्सको फड्को, मुनाफा तीन गुणाले बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै अब्बल बीमा कम्पनीको रुपमा उभ्याउन सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३०० प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको छ ।

Prabhu
Crest

कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चैत्र मसान्तसम्ममा १२ करोड ४९ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा चार करोड ४६ लाख २६ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । तुलनात्मक रुपमा हेर्दा कम्पनीले तीन गुणाले मुनाफा बृद्धि गर्न सफल भएको छ । बीमा शुल्क आर्जनमा बृद्धिसँगै कम्पनीको मुनाफा बृद्धि भएको हो । चालु आर्थिक वर्षको नौ महिनामा कूल ७४ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले खूद बीमा शुल्क ३३ करोड ८१ लाख ६७ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ६० करोड ४७ लाख ६० हजार रुपैयाँ कूल बीमा शुल्क र २९ करोड ४८ लाख ९९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले तेस्रो त्रैमाससम्ममा ६९ हजार ११६ वटा बीमा पोलिसीमार्फत सो बीमा शुल्क आर्जन गरेको हो । कम्पनीको व्यवसायमा उल्लेख्य बृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले झण्डै छ हजार वटा पोलिसी बढी बिक्री गरेको हो ।

कम्पनीको सो अवधीमा ३१ करोड ३४ लाख दुई हजार रुपैयाँ दावी भुक्तानी गरेको छ भने एक अर्ब ३५ करोड ५९ लाख रुपैयाँ दावी भुक्तानी दिन बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ९१ पैसा छ । त्यस्तै मूल्य आम्दानी अनुपात २१.०५ छ भने प्रतिशेयर कूल सम्पत्तिको मूलय २३० रुपैयाँ ३९ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS