IME Life
Beema Board

कर्णालीका किसान स्याउ बीमाप्रति आकर्षित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मानव विकास सूचांकमा पछाडि रहेको पश्चिम नेपालको कर्णालीका किसानहरु स्याउ बीमाप्रति आकर्षित हुन थालेका छन् । कर्णाली प्रदेश अन्तर्गतका जुम्ला, मुगु, र कालिकोटका किसानहरु स्याउ बीमा प्रति आकर्षण हुन थालेका छन् । सरकारी अनुदान, बीमाबारे गाउँ–गाउँमा पुगेको जनचेतनाका कारण विकट क्षेत्रका जनता बीमा गरेर ढुक्कसँग स्याउ खेती गर्न थालेका छन् ।

कर्णालीमा केही बर्षयता स्याउ बीमा प्रति उक्त क्षेत्रका किसानहरुको निर्जिवन बीमा प्रति आकर्षण बढ्दै गएको देखिएको छ । थोरै पैसामा बीमा गर्दा क्षती हुँदा रक्षावरण हुने हुँदा यसप्रति किसानहरु आकर्षित भएको कम्पनीका अधिकारीहरु बताँउछन् । नेपाल सरकारले कृषि बीमामा ७५ प्रतिशत अनुदान दिने हुँदा किसानहरुले सहुलियत पाउँदै आएका छन् ।

Prabhu
Crest

कर्णलीको जुम्ला, मुगु, र कालिकोटका स्याउ उत्पादन हुने क्षेत्रहरुमा स्याउको बीमा गर्ने सरकारी कार्यक्रम लागु भएको छ । यस वर्षको सिजनमा जुम्लाका ९ सय किसानहरुले ५० हजार, मुगुका ३ सय किसानहरुले १९ हजार र कालिकोटका ३ सय किसानहरुले २६ हजार स्याउको विरुवाको बीमा गराएका छन् ।
जुम्लामा सबैभन्दा धेरै स्याउको विरुवाको बीमा गरिएको छ । बीमा समितिको प्रावधान अनुसार उक्त जिल्लामा शिखर इन्स्योरेन्स कम्पनीले बीमा गर्ने भएको छ । –रासस

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS