Connect IPS
IME Life

नेप्सेको अनलाईन प्रणाली पूर्ण स्वचालित नहुनुमा दोष कसको ?

SPIL
NIC ASIA new
Sanima Reliance

 

Prabhu
Crest

दोश्रो बजारमा कारोवार गर्न प्रयोग भएको अनलाईन कारोवार प्रणाली पूर्ण स्वचालित हो कि होइन अथवा अन्तर्राष्ट्रिय स्तरको हो की होइन भन्ने विषयले अहिले नेपालको शेयर बजारलाई तताएको छ। केही अनलाइन मिडियामा प्रकाशित समाचारलाई आधार मान्दा धितोपत्र बोर्ड र नेप्से बीच अहिलेको अनलाइन कारोवार प्रणाली पूर्ण स्वचालित हो कि होइन भन्ने विषयमा दुई फरक मत देखिएको छ । नेप्सेका अनुसार अहिलेको कारोवार प्रणाली अन्तर्राष्ट्रिय स्तरको भएको तर धितोपत्र बोर्डका अनुसार अहिलेको अन्लाईन प्रणाली सेमी अनलाईन हो ।

लगानीकर्ताको धारणा र नेपालको अनलाईन कारोवार प्रणालीलाई विश्वका अन्य देशका पूर्ण स्वचालित अनलाईन कारोवार प्रणाली सँग दाँजेर हेर्दा नेपालको वर्तमान अनलाईन कारोवार प्रणाली पूर्ण स्वचालित देखिदैन। अनलाईन कारोवार प्रणाली पूर्ण भएको भए लकडाउनमा किन शेयर बजार खुलेन ? यही प्रश्नमा नै नेपालको अनलाईन कारोवार प्रणाली पूर्ण हो कि होइन प्रस्ट देख्न सकिन्छ । कोरोना निकै धेरै फैलिएको भारतमा शेयर बजार बन्द छैन। किनकी त्यहाँको अनलाईन कारोवार प्रणाली पूर्ण स्वचालित छ। बैंक ईण्टिग्रेशन नभएको अनलाईन कारोवार प्रणाली पूर्ण र अन्तर्राष्ट्रिय स्तरको हुन् सक्दैन।

अहिले कोरोना भाइरसको कारणले गर्दा बजार खुलाउने वा बन्द गर्ने विषयमा निकै ठुलो विवाद आएको छ। यसै बीच शेयर बजार बन्द गर्नुमा नेप्सेको अनलाईन प्रणालीनै बाधक भएको लगानीकर्ताले दोष दिंदै आएका छन्। अहिलेको समय एकले अर्कालाई दोष दिंदै बितेको छ।

नेपाली दोश्रो बजारमा अनलाईन कारोवार प्रणाली आएको निकै धेरै समय भैसक्दा समेत नेपालको अनलाईन कारोवार प्रणाली पूर्ण स्वचालित हुन नसक्नुमा गल्ती कुनै एक पक्षको छैन, यहाँ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गल्ती सबैको छ।

अनलाईन कारोवार प्रणाली पूर्ण स्वचालित हुन नसक्नुमा सबै भन्दा ठूलो दोष नेपाल स्टक एक्सचेन्जको देखिन्छ। दोश्रो बजार नेप्सेले संचालन गर्ने भएकोले अनलाईन कारोवार प्रणाली अन्तर्राष्ट्रिय स्तरको नहुनुमा नेप्सेले जिम्मा लिनु पर्ने देखिन्छ। नेप्सेले अहिलेको अनलाइन अनलाईन कारोवार प्रणाली अन्तर्राष्ट्रिय स्तरको दावी गर्छ भने विश्वका धेरै देशमा शेयर बजार खुल्दा नेपालमा चाहीं किन बजार बन्द छ भन्ने प्रश्नको उत्तर दिन सक्नु पर्छ।

त्यस्तै अहिले अनलाईन कारोवार प्रणाली पूर्ण स्वचालित हुन नसक्नुमा धितोपत्र बोर्डको पनि केही दोष छ। नेपालको दोश्रो बजार पूर्ण रुपमा स्वचालित नभएको कुरामा धितोपत्र बोर्डले आज सम्म किन नेप्सेलाई दवाव दिएन, र यदि दवाव दिँदा दिँदैपनि नेप्सेले नमानेको भए किन कारवाही हुन सकेन ? किनकी नेपाल स्टक एक्सेञ्ज भनेको नेपाल धितोपत्र बोर्डबाट संचालनको लागि अनुमति पाएको सस्था हो । धितोपत्र बोर्डले अर्को स्टक एक्सचेन्जलाई प्रक्रिया पुरा गरेर संचालनमा ल्याउन पनि सक्छ।

अहिलेको अनलाईन कारोवार प्रणाली पूर्ण स्वचालित हुन नसक्नुमा ब्रोकरको पनि अप्रत्यक्ष दोष छ। वास्तवमा धितोपत्र बोर्डलाई भन्दा पनि अनलाईन कारोवार प्रणालीको सबै भन्दा नजिकबाट ब्रोकरलाई थाहा छ। नेप्सेबाट स्पस्टिकरण सोधिने डरले ब्रोकरहरुले नेप्सेको अनलाईन कारोवार प्रणालीमा भएका कमि कमजोरी खुला रुपमा मिडियामा ल्याउन सकेका छैन्नन।

यसमा लगानीकर्ताको पनि केही दोष छ। अनलाईन कारोवार प्रणाली पूर्ण भएन भने ठूलो दवावको कार्यक्रम आज सम्म भएको छैन । जसरी करको विषयमा निकै ठूलो दवाव दिँदा राज्य आफ्नो निर्णयबाट पछि हटेको थियो त्यसरी नै लगानीकर्ताहरुले पनि समयमै अनलाईन प्रणाली पूर्ण स्वचालित भएन भनेर ठूलो दवाव दिएको भए आज अवस्था केही फरक पर्ने थियो ।

त्यस्तै अर्थ मन्त्रालयले पनि कोरोनाको कारण निकै प्रभावित भएको देशमा शेयर बजार खोल्दा नेपालमा किन खुलेन भनेर सम्बन्धीत पक्षलाई प्रश्न गर्नु पर्ने हो।  यदि अनलाईन प्रणाली पूर्ण नहुँदा शेयर कारोवार रोकिएको भए मन्त्रालयले मिति तोकेर अनलाईन प्रणाली पूर्ण गर्नु भनेर सम्बन्धीत पक्षलाई समय किन दिएन ? तर आज सम्म पनि शेयर बजार बन्द हुनुमा अर्थ मन्त्रालयको आफ्नो आधिकारिक धारणा किन आउँन सकेन ?

एक अर्कालाई दोष दिनु भन्दा अब कसरी पूर्ण स्वचालित अनलाईन कारोवार प्रणाली बनाउने विषयमा सबै पक्षले आफ्नो आफ्नो ठाउँबाट पहल गर्नु पर्छ। अनलाईन कारोवार प्रणाली पूर्ण स्वचालित भएमा नेपाली दोश्रो बजार निकै सहज हुने छ।
आज पूर्ण स्वचालित प्रणाली नहुँदा लगानीकर्ताको सम्पत्ति बन्धक भएको छ। यसमा सरोकारवालाले समयमै ध्यान दिनु पर्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS