IME Life

कोभीड–१९ र बैंक तथा वित्तिय संस्थामा यसको प्रभाव

SPIL
NIC ASIA

शंभु काफ्ले

विश्वव्यापी रुपमा देखिएको हरेक प्राकृतिक विपत्ती, दैवी प्रकोप, महामारी जस्ता घटनाले सम्पुर्ण विश्व नै तरंगीत भएको, बैंक तथा वित्तिय संस्थाहरु बन्द भएका,शेयर बजारहरुमा भारी गीरावट आएको, ठुलो संख्यामा वेरोजगारीको संख्या वढेको, खाद्य संकट भएका समाचार, लेख, डकुमेन्ट्री, फिल्म हामीले धेरैले हेरिसकेका छौ ।

यस्ता फिल्महरु, लेख तथा डकुमेन्ट्रीहरु कतिपय काल्पनीक कथा भए पनि कतिपय बास्तविक घटनामा आधारीत हुन । यस्ता घटनाहरुले मानिसहरुलाई कसरी सुरक्षीत रहने, कसरी जोखीम कम गर्ने भन्ने विषयमा ठुलै पाठ सिकाएका पनि छन । हाल विश्वलाई नै कोरोना भाईरसले चुनौति दिइरहेको छ । कोरोना भाइरसको सर्ट फर्म कोभिड र सन् २०१९मा देखीएकोले डब्लुएचओले यसको नाम कोभिड–१९ राखेको हो ।

Prabhu
Crest

कोभीड–१९ ले नेपालको जस्तो परनिर्भरतामा आधारीत अर्थब्यवस्था भएको मुलकमा ठुलो संकट सृजना हुने विषयमा दुई मत नहोला । विगतमा रेमीट्यान्सको भरमा चलेको यो देशका उर्जनशील उमेरका ठुलो संख्याका युवाहरु बैदेशीक रोजगारको सिलसिलामा विभिन्न राष्ट्रहरुमा गएका छन् । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको यस कोभीड –१९ भाईरहको कारणले प्राय सवै देशहरुमा लक डाउन गरीएको छ । लाखौको रोजगारी गुमी सकेको छ । कतिपय देशहरुले आफ्नो देशको नागरीकलाई लैजानको लागि अपील पनि गरीसकेको अवस्था देखीएको छ । देशको कृषि योग्य जमिनको ब्यापक खण्डीकरण, अब्यवस्थीत बसाई सराईले समग्र मुलुकको उत्पादकत्वमा समेत प्रत्येक वर्ष गिरावट आईरहेको छ ।

नेपालको आर्थिक वृद्धि दरमा ठुलो गिरावट आउने प्रक्षेपण आइर्एएमएफ, विश्व बैंक, एशियाली विकास बैंक जस्ता ठुला संस्थाहरुले गरीसकेका छन् । साथै यसरी आर्थिक संकट वढ्दै जाँदा न्यून तथा मध्यम आय भएका मानिसहरु वढी प्रभावीत हुने, खाद्य संकट वढ्ने जस्ता विषयहरुमा गम्भीर हुन समेत सुझाव दिई सकेको छ ।

कोभीड १९ वाट बच्नको लागि उत्तम उपाय लक डाउन नै भएकोले यस्तो अवस्थामा कसरी देशलाई सही मार्गमा अगाडी वढाउने विषयमा विश्वभरी नै नयाँ नयाँ प्रविधि तथा प्रयोगहरु विकास भई रहेका छन् । कुनै पनि देशले उपयुक्त र जोखीममुक्त विकल्प निकाल्न सकीरहेका छैनन् ।

विगतमा बैंक तथा वित्तिय संस्थाहरुमा देखीएको निक्षेपको ब्याजदर वढाउने होडबाजी, एउटा बैंकको निक्षेप अर्कोले कसरी फुत्काउने भन्ने कारणले गर्दा पनि मुद्दती निक्षेपमा ब्याज दर वढेको थियो । यस्ता विभिन्न कारणले गर्दा अधिकांश बैंक तथा वित्तिय संस्थाहरुको हाईकस्ट डिपोजीट वढी नै रहेको छ । देश नै लकडाउन भएको कारणले गर्दा ऋणीहरुले पनि कर्जाको ब्याजदर तिर्नको लागि आवश्यक रकम कमाउन सकीरहेका छैनन् । उद्योग कल कारखाना ,व्यापार व्यवसाय प्राय सवै ठप्प नै भएको छ । यस्तो अवस्था कहिले सम्म हुने कसैले भन्न सक्ने अवस्था छैन । हाईकस्ट डिपोजीटको ब्याज बापतको ठुलो रकम निक्षेपकार्जहरुलाई भुक्तानी गर्नु पर्ने र ऋणीहरुबाट सायमा नै कर्जाको साँजा तथा ब्याज वापतको रकम प्राप्त गर्न सक्ने वातावरण देखीदैन । साथै बैंकहरुको अन्य ब्यापार ठप्प जस्तै हुनु । जसले गर्दा अगामी दीनहरुमा मुद्रा तथा पुँजी बजारमा गिरावट अउने प्राय निश्चित नै देखिन्छ । बैंक तथा वित्तिय क्षेत्रको वासलातमा आउने गिरावटसँगै पूँजी बजारमा पनि ठूलै गिरावट आउने छ । पुँजीबजारमा होल्ड गर्न सक्ने क्षमता भएका लगानीकर्ताहरुले जोखीम कम गर्न सक्ने भएपनि अधिकांश लगानीकर्ताहरुले नोक्सान ब्यहोर्नुपर्ने सम्भावन देखिन्छ ।

……………………….0-0-0……………………….

आ.व.२०७६।०७७ मा अघिल्लो आ.व.को तुलनामा मुनाफामा कमी आउने निश्चित नै छ । देशको अर्थव्यवस्था नै संकटमा परेको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुको नाफामा कमी अउनु वा घाटामा जानु कुनै नौलो कुरा होईन ।

……………………….0-0-0……………………….

नेपाल राष्ट्र बैकले बैंक तथा वित्तिय संस्थाहरुलाई असार मसान्त सम्मको साँवाँ तथा ब्याजको जरिवाना नलिने भन्ने परिपत्र जारी गरेकोले र हाल ब्याज तिर्नेलाई केही छुट दिने ब्यवस्था गरेकोले कर्जा ग्राहक तथा बैंकहरुलाई ठुलो राहत मिलेको छ । साथै यस्तो संकट भविष्यमा वढेमा अन्य राहत प्याकेज ल्याउन पनि जरुरी देखिन्छ ।

आ.व.२०७६।०७७ मा अघिल्लो आ.व.को तुलनामा मुनाफामा कमी आउने निश्चित नै छ । देशको अर्थव्यवस्था नै संकटमा परेको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुको नाफामा कमी अउनु वा घाटामा जानु कुनै नौलो कुरा होईन । यस्तो समयमा बैंक तथा वित्तिय संस्थाहरुलाई कसरी अगाडी वढाउने भन्ने विषयमा सरकार तथा केन्द्र्रिय बैंकको भूमीका पनि महत्वपुर्ण हुने गर्दछ ।

यस्ता महामारीे कुनवेला आउछ भनेर कसैले पनि भाविष्यवाणी गर्न सक्दैनन् । विश्वका ठुला शक्तिशाली राष्ट्रसमेत यतिवेला ठुलो महामारीमा फसेका छन् । अन्य देशहरुमा भएका सकारात्मक कदमहरुको सीको गर्दै हामीले पनि सोही रणनीति लिनुपर्ने समयमा एक आपसमा दोषारोपण गर्नु भन्दा एक आपसमा सहयोगको भावना राखी अगाडी वढ्नुपर्ने समय आएको छ । साथै सरकारको कदममा साथ दिएर लक डाउनको पुर्ण पालना गरी सामाजिक दुरी कायम गरी अगाडी वढ्नु नै उत्तम विकल्म देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS