IME Life
Beema Board

बीमा कर्मचारीहरुको लकडाउन अनुभव, पास बिना नै कार्यालय खोल्ने, परिवारसँग रमाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विश्वभर फैलिरहेको कोभिड–१९ का कारण सरकारले लकडाउन बढाउने क्रम जारी गरेको छ । बीमा कम्पनीहरुलाई सरकारले अत्यावश्यक अन्तर्गत राखेपछि आवश्यक उपलब्ध नगराउँदा अधिंकाश कम्पनीका कर्मचारीहरु यती बेला घरबाट नै कार्यसम्पादन गरिरहेका छन् ।

बीमा क्षेत्रमा आवद्ध सबैजना कर्मचारीहरु सेल्फ क्वारेन्टानमा कसरी बिताइरहेका छन् त ? लकडाउनको फुर्सदमा उनीहरुको जीवन कसरी बितिरहेको छ ? इन्स्योरेन्स खवरकर्मी रिना खत्रीले तयार पारेको रिपोर्ट :

Prabhu
Crest

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बुटवल शाखा प्रबन्धक कृष्णकुमार पुरीले लकडाउन अवधिमा पनि कार्यालय संचालन गरिरहेको बताए । उपत्यका बाहिरका अधिंकाश बीमा कम्पनीका शाखाहरु संचालनमा नआएपनि हामीले केहि समय कार्यालय संचालन गरिरहेका छौ । पासको व्यवस्था नहुँदा कार्यालयसम्म जानको लागि निकै कठिन अवस्था छ । समस्यको बीच पनि हामीले बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म कार्यालय संचालन गरिरहेका छौ ।

लकडाउन अवधिभर दिनचर्याको कुरा गर्ने हो भने बिहान केहि समय व्यायम गर्ने, समय समाचार पढ्ने, किताब पढ्दै दिनहरु बितिरहेका छन् । दैनिक २ घण्टा कार्यालय र पुनः घरपरिवारसँग बिताँउने गरेको छु, ‘हुलमुलमा ज्यान जोगाउनु अनिकालमा विउ जोगाउनु’ भन्ने त्यसैले लकडाउन अवधिभर सबैजनालाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गर्दछु ।’

युनियन लाइफ इन्स्योरेन्सको पोखरा ब्रान्चका डेपुटी म्यानेनजर जसमन परियारले शाखा कार्यालय संचालनमा नआएको कारणले गर्दा लकडाउन अवधीको दैनिकी घरमै नै बितिरहेको बताँउछन् । घरमा नै बसेर बीमा अभिकर्ता र बीमितहरुसँग सम्पर्क गरिरहरहेको र यस्तो अवस्थामा स्वास्थ्य नै ठूलो कुरा भएको कारण लकडाउन उल्लघंन नगर्न सबैलाई आग्रह गरेको बताउँछन् ।
साथै उनले सबैलाई कोरोना भाइरस विरुद्ध लड्न स्वास्थ्यमा सजग हुँदै घरपरिवारसँग सुरक्षित रहन आग्रह गरे । विश्व नै कोरोनासँग लडिरहेको विषम परिस्थितिमा उनले सबैमा सुस्वास्थ्यको शुभकामनना दिए ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सका चितवन शाखाका सिनियर एजेन्सी म्यानेनजर सुरेन्द्र गिरीले सरकारले लकडाउन घोषणा गरेपछि घरमा परिवारसँगै बसेको बताए । समाचार, आर्थिक गतिविधिकबारे मिडियाबाट जानकारी लिँदै अध्ययन गरिरहेको उनले सुनाए । उनले यस्तो अवस्थामा सबैलाई स्वास्थ्यमा ख्याल गर्दै सबैलाई घरबाहिर ननिस्कन आग्रह समेत गरेका छन् । कोरना विरुद्ध लड्न राज्यलाई सफल बनाउन हामीले पनि सहयोग गनुपर्नेमा उनले जोड दिए ।

आइएमई जनरल इन्स्योरेन्सका शिव श्रेष्ठले लकडाउनको समयमा पासको व्यवस्था सरकारले नमिलाएको कारण गर्दा केहि समय समस्या आएको थियो । अनलाइन मार्फत बीमितलाई यस्तो अवस्थामा हामीले कसरी सेवा सुविधा दिन सकिन्छ भनेर घरबाट नै काम सुचारु गरिहरहेका छौ ।
‘लकडाउनको अवधिमा कार्यालयको काम घरबाटै भईरहेको छ । घरपरिवारसँग बस्ने अवसर पनि पाएको छु । घर परिवारसँग नै बसेर केहि समय कार्यालयका काम मार्फत नै गरेर दिनचर्या बितिरहेको छ । साथै पुस्तक पढ्ने, समाचारमा अपडेट हुने गरेको छु । यस्तो अवस्थामा सबैलाई घरमा नै सुरक्षित भएर बस्नको लागि अनुरोध गर्दछु ।’ उनले भने ।
प्रभु इन्स्योरेन्स कम्पनीका माकेर्टिङ डिपार्टमेन्टका संचिता कार्की काठमाडौंको काडाँघारीमा बस्छिन् । सनसिटिमा कोरोना संक्रमित व्यक्ति भेटिएपछि निकै कडा गरेको र त्रास बढेको बताउँछिन् । लकडाउनको सुरुवाती अवस्था जस्तो हिड्डुल गर्न पाएका छैन ।
घरमा बसेर नै कार्यालयको काम पनि गरिहरहेको पनि उनी बताउँछिन् । क्लाइनटहरुसँग सम्र्पक गर्न गरेको छौ । त्यस्तै किताबहरु पढ्ने घरको कामहरु गरेर नै दैनिकी बितिरहेको उनी बताउँछिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS