IME Life
Beema Board

‘थर्मलगन’ले ज्वरो नापेर मात्रै ब्रोकरको कार्यालयमा प्रवेश पाइने, यी हुन पालना गर्नैपर्ने पाँच नियम

SPIL
NIC ASIA
Sanima Reliance
काठमाडौं । कोरोनाको महामारी रोक्न विद्यालय तथा कलेजहरु बन्द गराएको सरकारले अब स्टक कारोबार हुने ब्रोकरको कार्यालय प्रवेश गर्नुअघि निश्चित नियमहरुको पालना गर्नुपर्ने भएको छ । धितोपत्र बोर्डले जारी गरेको सूचना अनुसार अब थर्मल गनले ज्वरो नापेर स्वास्थ्य स्क्रीनिङ गरेर मात्रै शेयर ब्रोकरको कार्यालयमा प्रवेश गर्न पाइनेछ ।
नेपाल धितोपत्र बोर्डले बिहिवार प्रेस बिज्ञप्तिमार्फत शेयर ब्रोकरको कार्यालय सञ्चालनको विधि तथा नियमहरु सार्वजनिक गरेको हो । बोर्डले आज जारी गरेको सूचना अनुसार शेयर ब्रोकर कार्यालयमा आइतबारदेखि निम्न नियमहरु लागू हुनेछ ।
१) डिस्प्ले स्क्रीन सञ्चालन नगर्ने अर्थात बन्द गर्ने । भिड हुन नदिन यस्तो निर्देशन दिइएको हो ।
२) कार्यालयका कर्मचारी बाहेक एक पटकमा पाँच जना भन्दा बढि संख्यामा शेयर लगानीकर्ताहरु शेयर प्रदर्शनी कक्षमा प्रवेश नगर्ने ।
३) शेयर ब्रोकरको कार्यालयमा प्रवेश गर्नुअघि कर्मचारी तथा लगानीकर्ता दुवैले हात सफा गर्ने, स्यानिटाईजर प्रयोग गर्ने र माक्स लगाएर मात्रै प्रवेश गर्ने तथा प्रवेश गर्नेअघि थर्मल गनको माध्यमबाट स्वास्थ्य स्क्रीनिङ गरेर मात्रै प्रवेश गर्ने ।
४) शेयर ब्रोकरको कार्यालयको गेटमा कोरोना भाइरसबाट जोगिने उपायहरु राख्ने
५) नोभल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण सम्बन्धी नेपाल सरकारको उच्चस्तरीय समन्वय समितिको गत चैत्र ५ गतेको निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS