IME Life

शिखर र नेको इन्स्योरेन्सलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA


नेपालमा संचालनमा रहेका इन्स्योरेन्स कम्पनीमध्येका लिडर शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष ७६/७७ दोश्रो त्रैमासमा प्रकाशन गरेको वित्तीय विवरणको आधारमा इन्स्योरेन्स खबर टीमले गरेको तुलनात्मक अध्ययन :
गतिविधि : शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनार्थ बुक क्लोज गरिसकको अवस्था छ भने नेको इन्स्योरेन्सको संचालक समितिले पनि ८ दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

चुक्ता पूँजीको आधारमा :
नेको इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३१ करोड रहेको छ भने शिखर इन्स्योरेन्सको  चुक्ता पूँजी १ अर्ब ३७ करोड रहेको छ। दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार शिखर इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड भए पनि कम्पनीले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनार्थ बुक क्लोज गरेकोले उक्त्त हकप्रदलाई पुँजी मा समायोजन गर्दा कम्पनीको पुँजी १ अर्ब ३७ करोड हुन्छ।

जगेडा कोषको आधारमा :
जगेडा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ। शिखर इन्स्योरेन्सको जगेडा कोषमा ५७ करोड ३३ लाख रुपैयाँ  संचित छ भने नेको इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ६७ लाख रुपैया संचित छ।

बीमा कोषको आधारमा :
बीमा कोषको आधारमा शिखर इन्स्योरेन्स अघि छ। शिखर इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब १७ करोड रुपैया संचित छ भने नेको इन्स्योरेन्सको बीमा कोषमा ६८ करोड ९८ लाख रुपियाँ संचित छ।

कुल र खुद बीमा शुल्क आर्जनको आधारमा :
शिखर इन्स्योरेन्सले १  अर्ब ७६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ९० करोड ५६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

Prabhu
Crest

त्यस्तै नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ७० करोड ९९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।


दावी भुक्तानीको आधारमा :
शिखर इन्स्योरेन्सले ८२ करोड ७० लाख कुल दावी भुक्तानी गरेको छ भने ४६ करोड ९४ लाख खुद दावी भुक्तानी गरेको छ। नेको इन्स्योरेन्सले ३८ करोड ६२ लाख कुल दावी भुक्तानी गरेको छ भने २५ करोड ८५ लाख खुद दावी भुक्तानी गरेको छ।

खुद नाफाको आधारमा :
शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म २३ करोड २४ लाख खुद नाफा गरेको छ भने नेको इन्स्योरेन्सले १६ करोड ४८ लाख खुद नाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा :
शिखर इन्स्योरेन्सको प्रति शेयर आम्दानी ३३ रुपैयाँ ८० पैसा छ भने नेको इन्स्योरेन्सको प्रति शेयर आम्दानी २५ रुपैयाँ छ। प्रति शेयर आम्दानीलाई वार्शिकरण गरिएको छ।

मूल्य आम्दानी अनुपातको आधारमा :
फाल्गुन १४  गतेको बजार मूल्यलाई आधार मान्दा शिखर इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३४ दशमलव ९१ गुणा छ भने नेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २७ दशमलव ८ गुणा छ। मूल्य र आम्दानीको आधारमा नेको इन्स्योरेन्स शिखर इन्स्योरेन्स भन्दा सस्तो देखिन्छ।

भुक्तानी हुन बाँकी दावी :

शिखर इन्स्योरेन्सले ८० करोड ९२ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी छ भने नेको इन्स्योरेन्सको ४० करोड ३७ लाख बराबरको दावी भुक्तानी गर्न बाँकी छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS