IME Life
Beema Board

नेप्से ५० अंकले बढ्यो, ४ अर्बमाथिको कारोबार हुँदा नेपाल लाइफको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज बुधबार पनि शेयर बजारले उच्च गति कायम गरेको छ । गत महिनादेखि बढ्न थालेको शेयर बजार आज बुधबार ५० दशमलव ९३ अंकले बढेर १,५९६ दशमलव १३ को विन्दुमा पुगेको छ ।

बुधबार बजार खुलेको पहिलो डेढ घण्टामा साढे ४६ अंकले बढेर १५९१ विन्दुमा पुगेको थियो । त्यसैबीचमा १७७ कम्पनीका झण्डै ४० लाख कित्ता शेयर एक अर्ब ६२ करोड बराबरमा किनबेच भएको थियो ।

Prabhu
Crest

आज सबै उपसूचक हरियाली छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ६ दशमलव १२ अंकले बढेको छ । उत्पादनमुलक ४ दशमलव ६३ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समुह ३ दशमलव १८ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा १ सय ८० कम्पनीको ९९ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ९९ लाख रुपैयाँमाथिको कारोेबार भएको छ ।

शिवम् सिमेन्टको १८ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंकको १७ करोडमाथिको कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । नेको इन्स्योरेन्सको ११ करोड २४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंकको १० करोडमाथिको कारोबार भएको छ ।

आज एकै दिन तीन वटा कम्पनीको मुल्यमा सर्किट लाग्यो भने चार कम्पनीको मूलय ९ प्रतिशतभन्दा बढी बृद्धि भएर झण्डै सर्किट लाग्ने अवस्थामा पुगेको छ । आज एभरेष्ट बैंक कन्भटेवल प्रिफ्रेन्स, राष्ट्रिय बीमा कम्पनी, यूनिलिभर नेपालको शेयर कारोबारमा सर्किट लागेर प्रभावित भएको छ भने कालिका पावर कम्पनी, गुराँस लाइफ, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयर र सिभिल लघुवित्तको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् । अरुण भ्याली हाइड्रोपावर कम्पनी, बोटलर्स नेपाल, राधी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, यूनाइटेड मोदी हाइड्रोपावर लगायतका कम्पनीलेृ गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS